Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1759 - 1764 of 23992
एजेन्सी, काठमाडौं, 2025-02-09, आईतवार

सन् २०१६ मा रिलिज भएको बलिउड फिल्म थियो, ‘सनम तेरी कसम’ । त्यसबेला फिल्म बक्स अफिसमा सुपरफ्लप बनेको थियो । २५ करोडको लागतमा बनेको फिल्मले लगभग १ करोडको ओपनिङ गरेको थियो भने कूल व्यापार ८ करोड भएको थियो । तर, जब फिल्म टिभी र युट्युबमा रिलिज भयो तब दर्शकले निकै रुचाए । युट्युबमा मात्र फिल्मलाई १५ करोड बढीले हेरिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-02-08, शनिवार

निर्माणको तयारीमा रहेको फिल्म ‘जनै हराएको बाहुन’मा कलाकारको रोचक ‘लाइनअप’ तयार हुने क्रम जारी छ । केही दिनअघि अभिनेताद्वय विजय बराल र मनिष राउतलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको थियो । अब फिल्ममा थप दुईजना कलाकार जोडिएका छन् । ‘साइँली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर राईलाई निर्माताले अनुबन्ध गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-02-07, शुक्रवार

यतिबेला नेपाली फिल्ममा अघिल्लो पुस्ताका अभिनयमा निस्क्रिय कलाकारहरुको कमब्याकको लहर चलेको छ । पूजा चन्द, ऋचा शर्मा, विपना थापा, रेजिना उप्रेती, राजबल्लभ कोइराला जस्ता कलाकारहरुले अभिनयमा पुनरागमन गरिसकेका छन् । सबैभन्दा लामो समयपछि कमब्याक गर्नेमा पूजा पर्छिन् । अमेरिकामा बस्दै आएकी उनी करिब दुई दशकपछि अभिनयमा फर्किएकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-02-07, शुक्रवार

आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को केही दिनअघि सार्वजनिक ट्रेलरबाट दर्शक ‘सरप्राइज’ नै भए । यसको मुख्य कारण थियो, अभिनेता दयाहाङ राईले निभाएको भूमिका । यसमा उनी यौन दुर्बलताको समस्याबाट पीडित पात्रको भूमिकामा देखिएका छन् । उनको भूमिकालाई लिएर सकारात्मक र नकारात्मक दुवै खालका टिप्पणीहरु भइरहेका छ्न् ।

फिल्मीखबर, काठमाडौं, 2025-02-07, शुक्रवार

अचेल नेपाली फिल्मलाई हलमा एक हप्ता टिक्न पनि मुश्किल भइरहेको समयमा गत कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले व्यापारसँगै प्रदर्शनमा अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गरेको छ । सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको इतिहास रच्न सफल यो फिल्मले यस वर्ष हलमा लामो समयसम्म प्रदर्शन हुने फिल्मको कीर्तिमानी बनाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-02-07, शुक्रवार

गत बैशाखदेखि कात्तिकसम्म फिल्म रिलिजको बाढी नै देखियो । यो सात महिनामा व्यापार पनि उत्साहजनक नै रह्यो । तर, मंसिर र पुषमा न फिल्म खासै रिलिज भए न व्यापार राम्रो हुन सक्यो । तर, माघ लागेसँगै रिलिजको चाप बढेको छ । हप्तैपिच्छे हलमा नयाँ फिल्म फेरिरहेका छन् । यो साता झन् तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । ती फिल्म हुन्, ‘ममी’, ‘जुना’ र ‘सारंग’ ।

Results : 1759 - 1764 of 23992