
महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित भएर बनेको फिल्म ‘अञ्जिला’को बेलायतको एल्डरसटस्थित एम्पायर हलमा शनिबार प्रिमियर गरिएको छ । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख अतिथ्यतामा भएको प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको निर्देशक मिलन चाम्सले जानकारी दिए ।



प्रेम दिवसको दिन पारेर शुक्रबारबाट नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको फिल्म ‘दुःखी आत्मा’लाई युएईमा भने प्रतिबन्ध लगाइएको छ । दुईपटक सेन्सर गर्दा पनि ‘युएई मिडिया काउन्सिल’ले रिलिज अनुमति नदिँदा युएईमा बस्ने नेपालीहरु फिल्म हेर्नबाट बञ्चित भएका छन् । युएईमा फिल्म सेन्सर पास नहुँदा अर्को देश बहराइनमा पनि फिल्मको रिलिज रोकिएको छ ।

प्रायः नेपाली फिल्मको छायांकन सेड्युल एक महिनाको हुन्छ । ठूलो क्यानभासको फिल्मलाई भने ५०/६० दिनसम्म लाग्ने गरेको छ । छायांकन लम्बिँदा बजेट पनि बढ्ने भएकाले बढीमा एक महिनाको सेड्युल सबैभन्दा उपयुक्त मानिन्छ । तर, फिल्म ‘बलिदान’ले भने सबैभन्दा लामो समय खिचिने फिल्मको कीर्तिमानी बनाएको छ । यो फिल्म खिच्न १ सय २० दिनभन्दा बढी समय लागेको छ ।

कानुनी झमेला पार गर्दै गत माघ १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘एक्टर : टेक वन’ व्यापारिक रुपमा असफल भइसकेको छ । निर्माता स्वयंले फिल्म नचलेको स्वीकार गरिसकेका छन् । दर्शक नै नआएपछि अधिकांश हलहरुले पनि फिल्म उतारिसकेको अवस्था छ । खल्ती एपमा शनिबारका लागि फिल्मको देशभर एउटा मात्र शो देखिन्छ । त्यो शोमा पनि बुकिङ निकै दयनीय छ ।

