मिति : २०८२ वैशाख २१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1723 - 1728 of 22568
फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १, मंगलवार

एक्सन र लभस्टोरी फिल्म हुँदै निर्देशक मिलन चाम्सले नेपालमै पहिलोपटक ‘जंगल वार’मा आधारित भएर फिल्म ‘गोर्खा वारियर’ बनाएका छन्, जुन यही फागुन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा उनले गोर्खा सैनिकको बहादुरीको कथालाई मुख्य विषयवस्तु बनाएका छन् । यो कथामा फिल्म बनाउने आफ्नो वर्षौंदेखिको सपनालाई पूरा गरेको उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन १, मंगलवार

२०५२ सालदेखि फिल्म प्रदर्शनको यात्रा सुरु गरेको चाबहिलस्थित गोपीकृष्ण हल मंगलबारदेखि बन्द भएको छ । गत शुक्रबार एक विज्ञप्तिमार्फत् फागुन १ गतेदेखि हल बन्द हुने जानकारी गराइएको थियो । कोरोना महामारीको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक नीरक पौडेलले विज्ञप्तिमा उल्लेख गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ २९, सोमवार

गत कात्तिकयता सुस्ताएको नेपाली फिल्मको बजारलाई यही शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘दयारानी’ले केही हदसम्म राहत दिलाएको छ । शुक्रबार र शनिबार सुखद् व्यापार गरेको फिल्मले तीन दिनमा १ करोड २५ लाख कमाएको वितरक कम्पनी स्टेशन फाइभका प्रचण्डमान श्रेष्ठले जानकारी गराएका छन् । चलचित्र विकास बोर्डले फिल्मको कमाई सार्वजनिक गर्न छाडेकाले अहिले वितरक र निर्माताले उपलब्ध गराएको आँकडालाई नै आधार मान्नुपर्ने अवस्था छ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ २९, सोमवार

दशैं विदा फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त मानिन्छ । लामो विदा रहने भएकाले त्यसको फाइदा फिल्मको व्यापारमा पर्ने विश्वास मेकरहरुमा छ । यसैले वर्षेनि दशैं विदामा फिल्म रिलिज गर्न निर्माताहरुबीच ठूलै रस्साकस्सी हुने गर्छ । आगामी दशैंका लागि पनि अहिलेदेखि फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप भइरहेको छ । चारवटा फिल्मले अर्को दशैं रोजिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ २९, सोमवार

निर्देशक शंकर घिमिरे आफ्नो नयाँ फिल्म ‘तेल भिसा’को आगामी चैत दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा छन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे निश्चित भैसकेको अवस्थामा अब अमेरिकाका लागि अडिसन आह्वान गरिएको छ । ७० प्रतिशत अमेरिकामै खिचिने भएकाले निर्देशक घिमिरेले त्यहीँ अडिसनमार्फत् सहायक कलाकार छनोट गर्न लागेका हुन् ।

एजेन्सी, काठमाडौं, २०८० माघ २९, सोमवार

बलिउड सुपरस्टार आमिर खानको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ सन् २०२२ मा रिलिज भएको थियो । हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेकको रुपमा निर्माण भएको यो फिल्मप्रति उनलाई ठूलो अपेक्षा थियो । तर, फिल्मले भारतमा सय करोड पनि कमाएन । यो फिल्म असफल हुँदा आमिरलाई गहिरो प्रभाव परेको उनकी पूर्व श्रीमती तथा निर्मात्री किरण रावले बताएकी छन् ।

Results : 1723 - 1728 of 22568