Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1735 - 1740 of 23511
फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १७, बिहिवार

दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । ज्वाइँ साब बन्न पुरुष पात्रहरुले गरेको संघर्षलाई रमाइलो शैलीमा देखाउन खोजिएको छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर फिल्म बनेको ट्रेलरले प्रष्ट्याउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १७, बिहिवार

अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’को घटस्थापनाको साइत पारेर ‘फाइनल’ स्क्रिप्ट पूजा गरिएको छ । बिहीबार काठमाडौंको कमलादीस्थित प्रसिद्ध गणेशस्थान मन्दिरमा नम्रता र सलोनसहित निर्देशक सुरेश न्यौपाने लगायतले स्क्रिप्ट पूजा गरे । आगामी कात्तिक ५ गतेबाट छायांकन सुरु गर्न लागिएको यो फिल्मबाट पूर्वमिस नेपाल नम्रता श्रेष्ठले अभिनयमा डेब्यु गर्दैछिन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १७, बिहिवार

दशैंको घटस्थापनाको अवसर पारेर बिहीबारबाट निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले हलमा आफ्नो प्रदर्शन सुरु गरेको छ । फिल्म एकल प्रदर्शनमा आएको हो । पछिल्लो समय नेपाली फिल्मलाई यो दुर्लभ अवसर मानिन्छ । यद्यपि, भोलि शुक्रबारबाट यो फिल्मले हलिउडको ‘जोकर : फोली ए ड्युक्स’सँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १६, बुधवार

भोलि बिहीबार अर्थात् दशैंको घटस्थापनाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले एउटा ‘रेकर्ड’ बनाएको छ । यो फिल्मले नेपाली फिल्मको इतिहासमै सबैभन्दा बढी शोज पाएको वितरक कम्पनी डिसिएनले जनाएको छ । फिल्मले देशभरका सिंगल र मल्टीप्लेक्स हलमा गरी कूल ३ सय ४० शोज प्राप्त गरेको डिसिएनका डिस्ट्रीब्यूसन चिफ दीपक दंगालले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १६, बुधवार

दशैंको फूलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘१२ गाउँ’को प्रचारका लागि अहिलेसम्म कोही कलाकार मिडियामा आएका छैनन् । र, यसको आवश्यकता पनि देखिँदैन । मिडियामा आएर कलाकार वा निर्माता/निर्देशकले फिल्मको बारेमा बोल्नु भनेको धेरै दर्शकमाझ जानकारी पुग्नु हो । तर, ‘१२ गाउँ’को पोस्टरदेखि ट्रेलरसम्मले त्योभन्दा ठूलो काम गरिरहेको छ । अरु के चाहियो ?

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १६, बुधवार

दुई फिल्म ‘कालो पोथी’ र ‘शाम्बाला’बाट विश्व मानचित्रमा नेपाल र नेपाली फिल्मलाई चिनाउन ठूलो भूमिका खेलेका निर्देशक मीन भाम अब राजनीतिमा पनि सक्रिय हुने भएका छन् । त्यसो त उनी लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध छन् । अब सदन पस्ने उनको तयारी छ । त्यसका लागि २०८४ सालको निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ नै चुनाव लड्न उनी तम्तयार छन् ।

Results : 1735 - 1740 of 23511