
आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान)का पाँच मुख्य कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । पाँचवटा पोस्टरमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनाल चित्रित छन् । उनीहरुको दुई फरक अवस्थालाई चित्रण गरिएको पोस्टरले पाँचजना पात्र कुनै ठूलो समस्यासँग जुधिरहेको संकेत गर्छ ।

गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले जितुसँग मंगलबार लिखित सम्झौता गरेका हुन् । प्राप्त जानकारी अनुसार फिल्ममा जितुले जुठे दमाईको भूमिका निभाउनेछन् ।

मिस नेपाल पृष्ठभूमिका धेरैले फिल्मी दुनियाँमा कदम राखेका छन् । तर, कमैको करिअरले सुखद् उडान भरेको छ । अब नेपाली फिल्म क्षेत्रले अभिनेत्रीको रुपमा अर्को मिस नेपाल पाएको छ । उनी हुन्, नम्रता श्रेष्ठ । सन् २०२० मा मिस नेपाल बनेकी उनको पहिलो फिल्म ‘रंगी’ आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनको जोडी अभिनेता सलोन बस्नेतसँग बाँधिएको छ ।


गायक तथा अभिनेता प्रकाश सपूतको निर्देशन, लेखन तथा संगीतमा तयार भएको फिल्म ‘वसन्त’को टिजर सार्वजनिक गरिएको छ । ‘मिलनको कविता’ नाम दिइएको टिजरमा फिल्मका मुख्य अभिनेता समेत रहेका प्रकाशले कविता वाचन गरेको देख्न सकिन्छ । उनको कवितामा प्रेम र समर्पणको भाव छ । टिजरमार्फत् अभिनेत्री स्वस्तिमा खड्काप्रति प्रकाशको प्रेम दर्शाउन खोजिएको छ ।

आगामी फागुन २९ गते (होली)बाट प्रदर्शनमा आउने तयारीमा रहेको मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमार्फत् सार्वजनिक झन्डै २ मिनेट लम्बाईको टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले स्कूले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको संघर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको छ ।

