
आगामी फागुन महिना अभिनेत्री रेखा थापाका लागि विशेष छ । यो महिनामा उनको दुईवटा उपहार आउँदैछ । उनले ५ वर्षपछि कमब्याक गरेको फिल्म ‘उपहार’ फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ भने त्यसभन्दा अगाडि उनी आमा भइसकेकी हुनेछिन् । यतिबेला उनी श्रीमानसँग अमेरिकामा छिन् । उनले अमेरिकाबाटै डिजिटल माध्यमबाट फिल्मको प्रचार गरिरहेकी छन् ।

२०७५ सालमा निर्माण भएर विदेशका केही ठाउँमा प्रिमियर समेत भैसकेको फिल्म ‘दयारानी’ले शुक्रबारबाट व्यावसायिक प्रदर्शन सुरु गरेको छ । त्यसको पूर्व सन्ध्यामा बिहीबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको प्रिमियर राखिएको थियो । फिल्मकर्मीहरुको राम्रो उपस्थिति रहेको प्रिमियरमा फिल्मको कथावस्तुदेखि कलाकारको अभिनयसम्मको प्रशंसा भयो ।


मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’को ‘जय जय गोर्खाली’ बोलको गीत सार्वजनिक गरिएको छ । गोर्खा सैनिकको बहादुरीको बखान गरिएको गीतमा राजेशपायल राईको स्वर, पूर्व आईजीपी शैलेन्द्र खनाल (शदर)को शब्द तथा एलिस कार्कीको संगीत छ । फिल्मभित्रका द्वन्द्वका दृश्य समावेश गरिएको गीतले फिल्मको कथा बोल्ने निर्देशक चाम्सले बताएका छन् ।

भोलि शुक्रबार (माघ २६ गते)बाट प्रदर्शन हुन लागेको मल्टीस्टारर फिल्म ‘हात्तीछाप’ले स्वदेशी (दयारानी) र विदेशी (तेरी बातों मे ऐसा उल्झा जिया) फिल्मको बावजूद पनि मल्टीप्लेक्सहरुमा सुखद् शोज प्राप्त गरेको छ । फिल्मले देशभरका मल्टिप्लेक्समा गरेर कूल १६४ शोज र सिंगल थिएटर समेत जोड्दा लगभग २ सय शोज पाएको वितरक कम्पनी आरआर फिल्म्सले दाबी गरेको छ ।

‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को ‘भ्यालेनटाइन विक’को अवसर पारेर फरक भाव र परिस्थिति बोल्ने दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत प्रेमिल भावमा चित्रित छन् भने अर्कोमा दिव्य देवको अंगालोमा गौमाया गुरुङ भावुक देखिएकी छन् । फिल्ममा प्रेम र पीडा दुवैको समिश्रण रहेको पोस्टरले संकेत गर्छ ।