Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1705 - 1710 of 23511
फिल्मीखबर, काठमाडौं, २०८१ कार्त्तिक १, बिहिवार

तिहारको लक्ष्मीपूजा अर्थात् कात्तिक १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेर पोस्टरदेखि टिजरसम्म सार्वजनिक भइसकेको अभिनेता प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर : टेक वन’ तीन महिना पछाडि सरेको छ । बिहीबार निर्माण कम्पनी अदृत फिल्म्सले विज्ञप्ति जारी गर्दै मानवीय र प्राविधिक समस्याका कारण अब माघ १६ गते फिल्मलाई रिलिज गरिने जनाएको छ ।

फिलमीखबर, काठमाडौं, २०८१ आश्विन ३०, बुधवार

अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ भएको छ। उनकी पत्नी रेस्मा कटुवालले बुधबार बिहान ललितपुरको सुमेरु सिटी अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन्।

फिलमीखबर, काठमाडौं, २०८१ आश्विन ३०, बुधवार

असोज १७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ का निर्माता तथा अभिनेता निश्चल बस्नेतले हल व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै फिल्मलाई हलबाट उतार्ने निर्णय गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै दर्शकहरूलाई धन्यवाद व्यक्त गरेका छन्। बस्नेतले भनेका छन्, “हलमा हेर्नुहुने सबै दर्शकहरूलाई धेरै धन्यवाद। सम्मानजनक शो उपलब्ध गराएकोमा क्यूएफएक्स सिनेमाजलाई विशेष धन्यवाद। तर भोलीदेखि (अक्टोबर १७) नेपालका सबै हलहरूबाट हाम्रो फिल्म उतार्ने निर्णय गरेका छौँ।”

एजेन्सी, काठमाडौं, २०८१ आश्विन २९, मंगलवार

भारतीय कलाकारले फिल्म तथा विज्ञापनमा बुझ्ने पारिश्रमिकलाई लिएर मिडियामा ठूलो चर्चा हुने गर्छ । बलिउड र साउथका ठूला स्टारले एउटा फिल्ममा काम गरेबापत २ सय करोडसम्म पारिश्रमिक लिने गरेका छन् । र, आम्दानीबापत उनीहरुले सरकारलाई करोडौंमा ‘ट्याक्स’ (कर) पनि तिर्ने गरेका हुन्छन् । आर्थिक वर्ष २०२३/२४ मा सर्वाधिक ‘ट्याक्स’ तिर्ने भारतीय सेलिब्रेटीहरुको सूची सार्वजनिक भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन २८, सोमवार

दशैंको समय फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त मानिन्छ । लामो विदा र ‘फेस्टिभ मुड’ हुने भएकाले यो चाडमा सबैजसो उमेरका मानिसका लागि मनोरञ्जन पहिलो प्राथमिकतामा पर्छ । यसैले दशैंमा फिल्म लगाउँदा बढी व्यापार हुन्छ भन्ने विश्वास निर्मातामा देखिन्छ । यसपालिको दशैंको फूलपातीमा आएका तीन नेपाली फिल्म ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले दशैं विदाको महत्त्व अझ बढाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन २८, सोमवार

९ वर्षअघि प्रदर्शनमा आएको सफल फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखलाको छायांकन सुरु भएको छ । दशैंको अवसर पारेर सोमबार बुढानिलकण्ठ मन्दिरमा मुहूर्त गरेपछि काठमाडौंबाट ‘फेरि रेशम फिलिली’को दृश्य खिच्न सुरु गरिएको हो । नवमीको दिन ‘एनिमेडेट’ टिजर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको थियो, जसले फिल्मको कथासार बुझाउँछ ।

Results : 1705 - 1710 of 23511