मिति : २०८२ वैशाख २१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1729 - 1734 of 22568
फिल्मीखबर, काठमाडौं, २०८० माघ २९, सोमवार

८० को दशकमा उदाएका अभिनेता शिव श्रेष्ठ अहिले पनि अभिनयमा सक्रिय छन् । तर, उनका समकालिन धेरैजसो अभिनेत्रीहरु पलायन भैसकेका छन् । कतिले पारिवारिक जिम्मेवारीका कारण करिअर अगाडि बढाउन सकेनन् । सरसर्ती हेर्दा अभिनेताभन्दा अभिनेत्रीहरुको करिअरको आयु छोटो देखिन्छ । अभिनेत्री स्वस्तिमा खड्का यसलाई सामाजिक मान्यता मुख्य कारण मानिन्छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ २९, सोमवार

आगामी फागुन २५ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रङ्गेली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पृथक शैलीमा तयार पारिएको ‘दुल्हा दुल्हन’ बोलको गीतमा निशान भट्टराईको स्वर, सविन एकतारेका शब्द रचना तथा सुशान्त गौतमको संगीत छ । विवाहको परिवेशमा खिचिएको गीतमा अभिनेता विजय बराल कमेडी शैलीमा गाउँदै र नृत्य गर्दै प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ २८, आईतवार

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले पुरानो ऐन (२०२६ सालको) परिवर्तन नभएसम्म फिल्म क्षेत्रका समस्या समाधान हुन नसक्ने बताएका छन् । नेशनल डेल्फिक काउन्सिल नेपालले शनिबार बेलायतमा आयोजना गरेको ‘नेपाली चलचित्रको ६ दशक : चुनौती र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रममा उनले नयाँ ऐन पारित गर्नका लागि अहिले आफू सरकारसँग लडिरहेको बताए ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ २८, आईतवार

अक्सर नेपाली फिल्ममेकरले प्रिमियर वा विशेष शोमा फिल्मको तारिफ मात्र गरेको सुनिन्छ । मानौं, फिल्ममा कुनै पनि कमजोरी छैन । हलभित्र भने प्रायः सिटमै निधाएका हुन्छन् । तर, मिडियाको अगाडि तारिफको फुलबुट्टा भरेर थाक्दैनन् । हुन त निर्माता/निर्देशकले पनि त्यही अपेक्षा गरेका हुन्छन् । यसैले अचेल फिल्मकर्मीको तारिफलाई दर्शकहरुले विश्वास गर्नै छाडिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ २८, आईतवार

चर्चा र विवादकी पर्याय मानिएकी अभिनेत्री सुष्मा कार्की ४ वर्षयता फिल्ममा देखिएकी छैनन् । अब उनको विशेष भूमिका रहेको फिल्म ‘उपहार’ आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा रेखा थापा, बेनिशा हमाल र पूजा शर्मा पनि मुख्य भूमिकामा छन् । पूजासँग वर्षौंदेखिको शीतयुद्धका बावजूद उनले एकसाथ काम गरेकाले फिल्मप्रति धेरैमा चासो देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० माघ २८, आईतवार

यस वर्षको सुपरहिट फिल्म ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले आफ्नो दोस्रो फिल्म ‘मनसरा’को छायांकन सकाएका छन् । गत पुष २१ गतेबाट सुरु भएको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरी ३० दिनमा सकिएको हो । शनिबार अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले फिल्मको अन्तिम दृश्य दिएका थिए । यसअघि ‘जारी’मा पनि उनीहरुको जोडी बाँधिएको थियो ।

Results : 1729 - 1734 of 22568