
भारतको केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणलाई लिएर अभिनेत्री नीता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको इज्जत जोगाउन आग्रह गरेकी छन् । मंगलबार फेसबुकमा स्टाटस लेख्दै उनले उक्त घटनामा नेपालको बेइज्जत गरिएको र त्यसको जिम्मेवारी कांग्रेस, एमाले र माओवादीले लिनुपर्ने कि नपर्ने भनेर समेत प्रश्न गरेकी छन् ।

अभिनेता विनय श्रेष्ठको करिअरको सम्झनलायक फिल्ममध्येको एक मानिन्छ, ‘रेशम फिलिली’ । यसमा उनको चरित्र सशक्त थियो । उनले रेशम पात्रको भूमिकामा अभिनय गरेका थिए । एकपटक फेरि उनी त्यही भूमिकामा देखिँदैछन्, ‘फेरि रेशम फिलिली’मा । मंगलबार सार्वजनिक भएको ट्रेलर हेर्दा ९ वर्षपछि पनि विनयले रेशम पात्रमा आफूलाई जीवन्त रुपमा रुपान्तरण गरेको देखिन्छ ।

९ वर्षअघि प्रदर्शित फिल्म ‘रेशम फिलिली’को मुख्य पात्र रेशम (विनय श्रेष्ठ)को उद्देश्य कतार उड्नु थियो । यतिबेला त्यही पात्र ‘फेरि रेशम फिलिली’मा अमेरिका जान संघर्ष गरिरहेको छ । के रेशम अमेरिका जाला ? यसैमा केन्द्रित भएर मंगलबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट लम्बाईको ट्रेलरमा रेशम पात्रको डीभी परेपछि आउने अवरोधको कथा देखाइएको छ ।

अभिनयमा अब्बल कलाकारको रुपमा चिनिएका अंकित खड्काले एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । अब उनको नयाँ फिल्म ‘ताण्डवम्’ यही शुक्रबार अर्थात् फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । एक साताअघि सार्वजनिक ट्रेलरले फिल्ममा उनी नकारात्मक चरित्रमा रहेको प्रष्ट पार्छ । उनको पात्रले आमालाई घृणा गर्ने पनि ट्रेलरमा खुलाइएको छ ।

अभिनेताद्वय विजय बराल र विल्सन विक्रम राईको मुख्य भूमिका रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ आगामी असार २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माताले मंगलबार आरआर फिल्मसँग वितरणसम्बन्धी सम्झौता गरेपछि फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । अहिलेसम्म उक्त मितिमा फिल्मलाई सोलो रिलिजको अवसर छ ।

आउटडोर फिल्म स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसमा नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डिसीले समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि उपस्थित थिए ।

