मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1711 - 1716 of 22568
फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ३, बिहिवार

सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेटको ट्रेलर एक्सन दृश्यले भरिएको छ । ट्रेलरको एउटा पार्टमा अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनबीचको मित्रता देखाइएको छ भने अर्को पार्टमा दुवैलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । दुवैको एक्सन छरितो र बुलन्द देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ३, बिहिवार

अभिनेत्री पूजा शर्मा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत हुन लागेको फिल्म ‘दान्भी’को नेपालपछि भारतको कालिम्पोङमा तेस्रो चरणको छायांकन भैरहेको छ । फिल्मको पहिलो हाफको दृश्य छायांकनका लागि निर्माण टिम कालिम्पोङ पुगेको हो । निर्देशक रुपेश तामाङका अनुसार, अहिले एक्सन र रोमान्टिक सिनको छायांकन भैरहेको छ । फिल्मको छायांकन अझै एक हप्ता हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन ३, बिहिवार

६ महिना अगाडि फिल्म ‘ऊनको स्वीटर’को निर्माण घोषणा गर्दा गायक सुजन चापागाईंको स्वर तथा संगीत र हर्क साउदको शब्द रचनामा ‘तिमी जस्तै न्यानो’ गीतको सानो अंश सार्वजनिक गरिएको थियो । उक्त गीतलाई रुचाइएपछि धेरैले पूर्ण अंश पर्खिरहेका थिए । अन्ततः भ्यालेन्टाइन डेको अवसर पारेर गीतको पूर्ण अंश सार्वजनिक गरिएको छ । ५ मिनेट लम्बाईको गीत ‘प्रेमयुक्त’ छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २, बुधवार

यही फागुन अन्तिमबाट छायांकनको तयारी भइरहेको फिल्म ‘कार्साङ’मा ‘राष्ट्रिय अवार्ड विजेता’ दीया मास्केको प्रवेश भएको छ । बुधबार सरस्वती पूजाको अवसर पारेर बौद्ध धर्मअनुसार स्क्रिप्ट पूजा गर्दै फिल्ममा दीयाको प्रवेशबारे जानकारी गराइएको हो । फिल्ममा यसअघि दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्के, सुरक्षा पन्त, माओत्से गुरुङ, पुष्कर गुरुङ अनुबन्ध भैसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २, बुधवार

हाँस्य टेलिसिरियलमा सफल मानिएको ‘सक्किगोनि’को टिमले अब फिल्म निर्माण गर्ने भएको छ । फिल्मको शीर्षक ‘लाज शरणम्’ राखिएको छ । बुधबार वसन्त पञ्चमीको अवसर पारेर एक थिम पोस्टरमार्फत् फिल्म निर्माणको घोषणा गरिएको हो । शीर्षकले नै फिल्म कमेडी कथावस्तुमा निर्माण हुन लागेको बुझाउँछ । फिल्मलाई यसै वर्ष छायांकन गर्ने तयारी भइरहेको जानकारी प्राप्त छ ।

फिल्मीखबर, काठमाडौं, २०८० फाल्गुन २, बुधवार

अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर बुधबार सार्वजनिक पोस्टरमा एक महिलालाई रातो साडीमा कपाल फिजाएर पिपलको बोट अगाडि उभिएको अवस्थामा चित्रित गरिएको छ । र, पिपलको बोटमाथि ठूलो आकारमा पूर्णिमाको चन्द्रमालाई देखाइएको छ । पोस्टरको कन्सेप्ट डिजाइन आकर्षक देखिन्छ ।

Results : 1711 - 1716 of 22568