
दीपक-दीपाको समूहबाट अलग भएपछि अभिनेता जितु नेपालले फिल्म ‘ह्यारी की प्यारी’मा काम गरे । तर, यसले उनको साख जोगाउन सकेन । फिल्म ‘डिजास्टर’ हुँदा उनको करिअर नै संकटमा पर्यो । लामो अन्योलतापछि ‘खजुरे ब्रो’बाट डेब्यु गरेकी अभिनेत्री नीति शाहलाई पनि पहिलो गाँसमै ढुंगा लागेको थियो । तर, उनीहरु दुवैलाई ‘ज्वाइँ साब’ले भने ठूलो राहत दिएको छ ।

गत वर्षको ‘सेमी हिट’ फिल्म ‘अगस्त्य’बाट चर्चामा आएका निर्देशक सौरभ चौधरीको नयाँ एक्सन फिल्म ‘कर्मा’मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा देखिने भएका छन् । शुक्रबार एक पोस्टरमार्फत् फिल्ममा विपिनको प्रवेशबारे जानकारी गराइयो । पोस्टरमा उनलाई जिममा बारबेल उचाल्दै गरेको देख्न सकिन्छ । फिल्ममा उनी एक्सन भूमिकामा देखिनेछन् ।

दशैंको फूलपातीबाट प्रदर्शनमा आएका दुई फरक जनराका फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले घरेलु बक्स अफिसमा सुनामी ल्याएका छन् । प्रदर्शनको दिनदेखि दुवै फिल्मको आक्रामक व्यापार यथावत् छ । सिंगल थिएटर होस् वा मल्टीप्लेक्स, जताततै दर्शकको भीड देखिन्छ । दशैं विदामा त टिकट व्यवस्थापन गर्नै हलहरुलाई सकस परेको थियो । दशैं सकिएपछि पनि दुवै फिल्मको क्रेज घटेको छैन । यी दुई फिल्मको व्यापारले फिल्म क्षेत्रमै उत्साह थपेको छ ।


बलिउडकी उम्दा अभिनेत्रीमा गनिन्छिन्, आलिया भट्ट । उनलाई फिल्मको सफलता पनि निरन्तर मिल्दै आएको छ । कोरोना महामारीपछि मात्र उनका चार फिल्म सफल भए । तर, अघिल्लो साता प्रदर्शनमा आएको उनको नयाँ फिल्म ‘जिग्रा’ले भने बक्स अफिसमा निराशाजनक प्रदर्शन गरेको छ । बलिउड हंगामाले त फिल्मलाई ‘फ्लप’ घोषणा गरिसकेको छ ।

तिहारको लक्ष्मीपूजाको दिन (कात्तिक १५ गते)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे तीन मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व परिवारको कथामा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ ।

