Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1693 - 1698 of 23991
फिल्मीखबर, काठमाडौं, 2025-02-23, आईतवार

निर्देशक तुलसी घिमिरेलाई निमोनिया भएपछि मुहूर्तको दिन केही दृश्य खिचेपछि रोकिएको फिल्म ‘पहाड’को छायांकन पुनः सुरु भएको छ । निर्देशक घिमिरेले आफ्नो स्वास्थ्य अनुकूल भएपछि शुक्रबारदेखि पूर्वनिर्धारित तालिका अनुसार गोरखामा छायांकन भइरहेको जानकारी दिए । उनी विरामी भएपछि छायांकनका लागि गोरखा पुगेको फिल्मको टिम काठमाडौं फर्किएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-02-23, आईतवार

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहको पहिलो फिचर फिल्म ‘लाज शरणम्’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई सबैले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार फिल्मको जाँच भएको थियो । केही प्राविधिक कारणले गर्दा बोर्डले आइतबार निर्मातालाई सर्टिफिकेट प्रदान गरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-02-23, आईतवार

२०७२ सालमा प्रदर्शन भएको फिल्म थियो, ‘रेशम फिलिली’ । यसमा समावेश ‘जालमा’ गीत त्यतिबेला अत्याधिक लोकप्रिय बनेको थियो । यही गीतका कारण फिल्मको ओपनिङ पनि सानदार रह्यो । तर, प्रदर्शनको भोलिपल्ट अर्थात् बैशाख १२ गते विनाशकारी भूकम्प जाँदा फिल्मको रिलिज नै रोकिन पुगेको थियो । अब यही फिल्मको ९ वर्षपछि सिक्वेल आउँदैछ, ‘फेरि रेशम फिलिली’ ।

फिल्मीखबर, काठमाडौं, 2025-02-22, शनिवार

यही फागुन २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको कलेज ड्रामा फिल्म ‘होस्टेल ३’को शुक्रबार सार्वजनिक ट्रेलरले रेकर्ड बनाएको छ । नेपालसहित विश्वका विभिन्न १३ देशहरूमा फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । सम्भवतः यति धेरै देशमा नेपाली फिल्मको ट्रेलर ट्रेन्डिङमा परेको पहिलो पटक हो । नेपाल र कुवेतमा ट्रेलर ट्रेन्डिङको पहिलो स्थानमा समेत छ ।

फिल्मीखबर, काठमाडौं, 2025-02-22, शनिवार

अभिनेता दीलिप रायमाझीलाई पितृशोक परेको छ । उनका बुबा आनन्द कुमार रायमाझीको ७८ वर्षको उमेरमा शुक्रबार साँझ कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए ।

फिल्मीखबर, काठमा, 2025-02-21, शुक्रवार

अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी, सुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन, प्रकृति श्रेष्ठ जस्ता कलाकारलाई डेब्युको अवसर दिएको ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ ।

Results : 1693 - 1698 of 23991