Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1585 - 1590 of 23515
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ७, शुक्रवार
फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ७, शुक्रवार

‘पूर्ण बहादुरको सारङ्गी’को दबदबाबीच गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ पनि व्यापारमा कमजोर देखिएको छैन । पहिलो हप्ताको प्रदर्शन उत्साहप्रद रह्यो । कम शोका बाबजुद पनि बुधबारसम्म फिल्मले ५ करोड कमाइसकेको छ । अब दोस्रो हप्ताको ‘पफर्मेन्स’ले हिट र फ्लप निर्क्यौल गर्नेछ । ६ करोडमा बनेको फिल्मले हिटका लागि १२ करोड कमाउनुपर्ने हुन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ७, शुक्रवार

चार हप्तादेखि फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ हलमा दर्शकको गुरुत्वाकर्षण बनेको छ । हप्ता बढे पनि दर्शक घटेका छैनन् । अझै पनि अकुपेन्सी दर उतिक्कै बलियो छ । यो फिल्मको दबदबाबीच गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ले पनि पहिलो हप्ता बक्स अफिसमा राम्रो उपस्थिति जनायो । आज शुक्रबारबाट हलमा थप दुई फिल्म थपिएका छन्, ‘तेल भिसा’ र ‘अग्निदहन’ ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ६, बिहिवार

२०६६ सालमा आएको फिल्म ‘सिलसिला’ले ठूलो व्यावसायिक सफलता हासिल गरेको थियो । केही हलमा ८६ दिन त केहीमा १ सय २५ दिनसम्म फिल्म चलेको थियो । र, यसमा समावेश ‘सागरसरी चोखो माया’ बोलको गीत उतिक्कै लोकप्रिय बनेको थियो । अब एकपटक फेरि ‘सिलसिला’ शीर्षकमा फिल्म निर्माण हुने भएको छ । नरेश पौडेलको निर्देशनमा फिल्म बन्न लागेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ६, बिहिवार

बोक्सी कुप्रथाविरुद्धको कथामा आधारित भएर बनेको फिल्म ‘अग्निदहन’ भोलि शुक्रबार (मंसिर ७ गते)बाट प्रदर्शनमा आउँदैछ । प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा फिल्मको प्रिमियर राखिएको थियो । सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमा फिल्मले उठाएको कथावस्तुको सबैभन्दा बढी प्रशंसा भयो ।

फिल्मीखबर, काठमाडौं, २०८१ मंसिर ६, बिहिवार

तिहारको लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को अझै पनि हलमा पकड कमजोर बनेको छैन । कामकाजी दिनमा समेत ७० प्रतिशतसम्म अकुपेन्सी हासिल गरिरहेको छ । यसैले शो पनि धेरैजसो यसैको कब्जामा छ । गत साता प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ले पनि राम्रो व्यापार गरिरहेको छ । यो अवस्थामा भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तेल भिसा’ले पर्याप्त शो पाउनेमा धेरैको आशंका थियो ।

Results : 1585 - 1590 of 23515