
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’मा अभिनेता आर्यन सिग्देलको केमियोबारे यसअघि नै खबर सार्वजनिक भइसकेको थियो । तर, उनको भूमिका र लुक्स गोप्य राखिएको थियो । फिल्म प्रदर्शन भएसँगै उनको लुक्सले दर्शकलाई ‘सरप्राइज’ बनाएको छ । उनी क्लाइमेक्समा खलपात्र (भिलेन)को खुंखार स्वरुपमा देखिएका छन् । सिक्वेलका लागि उनलाई फिल्ममा भित्राइएको हो ।

फिल्मको व्यापार दुई प्रकारको हुने गर्छ । पहिलो, ‘इनिसियल’ आक्रामक । विशेषगरी ‘स्टार’ कलाकार र सिक्वेल फिल्मको हकमा यो देखिन्छ । दोस्रो, ‘वर्ड अफ माउथ’ले बढाउने व्यापार । गत शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को व्यापार दोस्रो प्रकारमा पर्छ । यो फिल्ममा ‘स्टार’ कलाकार त छन् तर त्यसको प्रभाव इनिसियल व्यापारमा खासै देखिएको थिएन ।

चकलेटी अभिनेताको रुपमा चिनिएका प्रदीप खड्का आफूलाई ‘भर्सटायल’ बनाउने प्रयासमा छ । अघिल्लो वर्ष फिल्म ‘प्रकाश’मा उनले जुम्लेली चरित्रमा चुनौती मोलेका थिए । अब नयाँ फिल्म ‘पूजार सार्की’मा उनी दलित युवकको भूमिकामा प्रस्तुत हुँदैछन् । छायांकन सुरु हुनुभन्दा अगाडि निर्माण टिमले सार्वजनिक गरेको ‘फर्स्टलुक’ पोस्टरमा उनको चरित्रचित्रण रोचक देखिएको थियो ।


हिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘रङ्गेली’ले प्रदर्शनको दुई दिन घरेलू बक्स अफिसमा सुखद् व्यापार गरेको छ । शुक्रबार देशभर ७० प्रतिशतमाथिको अकुपेन्सी देखिएकोमा शनिबार पनि सोही अनुपात कायम रहेको वितरक गोविन्द शाहीले जानकारी गराएका छन् । शनिबार काठमाडौं र मोफसलका धेरैजसो हलहरु हाउसफुल भएको उनको दाबी छ ।

महाशिवरात्रिको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘काँडेतार’लाई हलबाट उतार्ने घोषणा गरिएको छ । हलहरुले पर्याप्त शोज र ‘प्राइम टाइम’ शोज उपलब्ध नगराएको भन्दै फिल्मलाई शनिबारबाटै हलमा नचलाउने निर्देशक तथा निर्माण नवल खड्काले घोषणा गरेका हुन् । उनले शनिबार एक बक्तव्य जारी गर्दै फिल्ममाथि संगठित गिरोह खनिएको समेत आरोप लगाए ।