
५ वर्षपछि एक्सन नायक विराज भट्ट गएको वर्ष रिलिज भएको फिल्म 'जय परशुराम' मार्फत नेपाली फिल्ममा कमब्यक गरे । ५ वर्षपछि कमब्याक गरेका विराजको 'जय परशुराम' ले बम्पर कमाई गर्ने विश्वास सबैको थियो तर सोचे जस्तो पैसा निर्माताले खल्तीमा हाल्न पाएनन् । अर्थात यो भनौं 'जय परशुराम' घरेलू बजारमा असफल सावित भयो ।




सोझी र सुन्दर नायिकाको रुपमा नेपाली सिनेमा क्षेत्रले सधै सम्झिरहने नाम हो नायिका यूना उप्रेती । 'पर्खी बसेँ' फिल्मकी हिट नायिका यूना अहिले अमेरिकामा बस्छिन् । 'सम्झिँ दिए पुग्छ', 'फर्केर हेर्दा', 'फर्ज', 'चन्द्रावती', 'दिलमा सजाएँ तिमीलाई' लगायतका फिल्ममा दमदार अभिनय गरेकी यूना एक कार्यक्रमको शिलशिलामा केही बर्ष अगाडि अमेरिका पुगेकी थिइन् । त्यसपछि उनले नेपाल फर्किएर अभिनयलाई निरन्तरता दिन सकिनन् । नेपाली सिनेमा क्षेत्रमा आशातित सफलता नपाएपछि यूना अमेरिका हानिएकी थिइन् ।


