मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

करीनाको यो फैसलाले बबी भएका थिए 'बर्बाद'

एजेन्सी, , 2017/09/26
निर्देशक इम्तियाज अलीको ब्लकबस्टर फिल्म 'जब वी मेट'मा करीना कपूर र शाहिद कपूरको जोडी निकै हिट भयो । तर, फिल्मको लागि निर्माताको पहिलो रोजाई शाहिद नभई बबी देओल थिए । एक अन्तरवार्तामा बबी देओलले भनेका छन्, ''जब वी मेट'को लागि करीनाले आफै शाहिद चुनिन् । मलाई करीनाको यो फैसला चित्त बुझेन ।' 
 
बबी देओलका अनुसार, फिल्म 'सोचा ना था' पछि इम्तियाज अली उनको फ्यान भएका थिए । जब अली 'जब वी मेट' गर्न चाहन्थे त्यतिबेला फिल्मको नाम 'गीतु' थियो । यस फिल्मको लागि बबीले इम्तियाज अलीसँग र फिल्म प्रोडक्शन हाउससँग पनि कुरा गरेका थिए ।
 
प्रोडक्सन हाउसले यो फिल्म धेरै महंगो भएको भन्दै बनाउन इन्कार गरेको थियो । उता करीनापनि इम्तियाजसँग भेटिइनन् । करिब ६ वर्षपछि बबीलाई ठूलो झट्का लाग्यो जब उक्त फिल्म 'जब वी मेट'को नामबाट शुरु भयो । यसमा करीनाले उनको ठाउँमा पूर्वप्रेमी शाहिदलाई लिइसकेकी थिइन् । बबी देओल आज पनि यो कुरामा चित्त दुखाउँछन् ।