मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘अनुराग’मा एलिजाको हिरो पल शाह ?

फिल्मीखबर, काठमाण्डौ, 2017/09/25
 
पत्रकार ऋषि धमालकी मोडल श्रीमती एलिजा गौतमले निर्माण र अभिनय गर्न लागेको फिल्म ‘अनुराग’मा युवा पुस्तामाझ लोकप्रिय नायक पल शाह अनुवन्धित भएका छन् । केहीदिन अगाडि यो फिल्मबाट मोडल दीपक घिमिरेले हात झिकेका थिए । ‘अनुराग’मा एलिजाको लागि हिरो खोज्ने क्रममा निर्देशक सत्यराज चौलागाईले नायक सलोन बस्नेतलाई पनि अफर गरेका थिए । तर, सलोनको व्यस्त सेड्यूलका कारण उनले फिल्ममा काम गरेनन् । अन्ततः फिल्ममा एलिजाको हिरो पल शाह बन्ने भएका हुन् । 
 
निर्माण पक्षले फिल्ममा पल शाहको अभिनय रहने वा नरहने भन्ने विषयमा औपचारिक जानकारी दिएको छैन् । तर, पल शाहले फिल्म साइन गरिसकेको खबर छ । स्रोतले फिल्मीखबर डटकमलाई दिएको जानकारी अनुसार, पलले महंगो पारिश्रमिक लिएर 'अनुराग' साइन गरेका हुन् । करीब १ करोड बजेटमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं, पोखरा र इलाममा हुनेछ । 
 
छठ पर्वपछि छायांकन सुरु हुने फिल्ममा एलिजा र पलका अलावा सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्ममा एलिजाले अनु र पलले रागको भूमिका निर्वाहा गर्नेछन् । फिल्ममा रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र अगत केसीको पटकथा तथा संवाद रहेको छ ।