मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षालाई ‘सकस’

मनिष अन्जान, काठमाण्डौ, 2017/09/25
 
आफू अभिनित फिल्म दर्शकमाझ आइरहनु एउटा कलाकारका लागि खुसीको कुरा हो । तर, एकैदिन आफू अभिनित दुई फिल्म हलमा लाग्दा एउटा कलाकारलाई कस्तो ‘सकस’ हुन्छ ? यो अहिले नायिका वर्षा राउतलाई हेर्दा थाहा हुन्छ । गएको वर्ष प्रदर्शनमा आएको 'छक्का पन्जा' र 'जात्रा'पछि वर्षा अभिनित कुनै पनि फिल्म हलमा लागेका थिएनन् । यस्तैमा असोज ११ गतेलाई 'छक्का पन्जा'को सिक्वेल 'छक्का पन्जा २' ले प्रदर्शन मिति घोषणा गर्‍यो । झण्डै ६ महिनाको अन्तरालपछि दर्शकलाई भेट्न आतुर वर्षालाई खुशीको मुस्कान छर्दा छर्दै ठूलो झट्का लाग्यो । जब, असोज ११ मै आफू अभिनित अर्को फिल्म 'मेरो पैसा खोई ?' ले प्रदर्शन मिति घोषणा गर्‍यो । 
 
आइतवार मात्र 'मेरो पैसा खोई ?' ले ट्रेलर सार्वजनिक गर्दै असोज ११ गते 'छक्का पन्जा २' सँग राजधानीमा भिडन्त गर्ने जोखिम उठायो । मोफसलमा भने यो फिल्म असोज २० गतेबाट प्रदर्शनमा आउँदैछ । 'छक्का पन्जा २' र 'मेरो पैसा खोई ?' मा मुख्य भूमिका निर्वाहा गरेकी वर्षालाई दुवै फिल्मले असोज ११ गते राजधानीमा भिडन्त गर्ने भएपछि अहिले उनको दिनमा भोक हराएको छ भने रातको निन्द्रा हराएको छ । आफू अभिनित दुवै फिल्म एकै मितिमा हलमा लाग्दा कुन फिल्मलाई साथ दिने र दर्शकको रोजाई कुन हुने हो भन्ने चिन्ताबाट वर्षा राम्रै ग्रसित छिन् । 
 
निर्माता-निर्माताबीचको द्वन्द्वले अहिले वर्षाको करिअर धरापमा परेको छ । विना प्रचार हलमा सिधै प्रदर्शन हुन लागेको 'मेरो पैसा खोई ?' र आक्रामक प्रचार-प्रसार गरेको 'छक्का पन्जा २' को  नतिजाले वर्षाको करिअरलाई ठूलो अर्थ राख्छ । यसकारण पनि वर्षालाई दुई फिल्म मध्ये एक फिल्म हिट हुन अत्यन्त आवश्यक छ । 'मेरो पैसा खोई ?' मा यौनकर्मी महिलाको भूमिका निर्वाहा गरेकी वर्षाले 'छक्का पन्जा २' मा निर्वाहा गरेको भूमिकाको बारेमा भने खुलाइएको छैन । अब यो हेर्न बाँकी छ कि वर्षालाई दुवै फिल्मबाट कस्तो सफलता मिल्नेछ ।