मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ सौगात र प्रियंकाको ‘फाटेको जुत्ता’ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2017/09/25
 
कात्तिक १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । केही दिन अगाडि ‘चोली’ बोलको गीत सार्वजनिक गरेको निर्माण पक्षले सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । फिल्मको ट्रेलर कमेडी संवादले भरिएको छ ।
 
फिल्ममा नायक सौगातले तराई क्षेत्रको एक यूवकको भूमिका निर्वाहा गरेका छन् । फिल्मको ट्रेलर हेर्दा यसले बेरोजगारीको कथालाई रोचक तरिकाले प्रस्तुत गरेको स्पष्ट हुन्छ । अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई 'जिन्दगी रक्स'का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । फिल्ममा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् । 
 
फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।
 

ट्रेलर हेर्नुहोस् :-