Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1291 - 1296 of 23516
फिल्मीखबर, काठमाडौं, २०८१ माघ २४, बिहिवार

चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’को पहिलो गीतको रुपमा बिहीबार ‘हेर्दा हेर्दैमा’ सार्वजनिक गरिएको छ । लोकलयको यो गीत निर्माण टिमले फिल्म प्रचारका लागि मात्र तयार पारेको हो । आशिष अविरल र शान्तिश्री परियारको युगल गायन रहेको गीतमा आनन्द अधिकारीको शब्द रचना छ भने कृष्ण भारद्वाजले संगीत दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ २४, बिहिवार

फिल्म ‘ऐश्वर्य’बाट डेब्यु गरेकी दीपिका प्रसाईं ‘छक्का पञ्जा ३’ जस्तो सफल फिल्मको समेत हिस्सा बनिसकेकी छन् । तर, निर्देशक दीवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिएपछि केही समय अभिनयमा निस्क्रियजस्तै देखिएकी उनी अब नयाँ फिल्म ‘मायावी’बाट पुनरागमन गर्दैछिन् । यो फिल्मको छायांकन हुँदा उनी गर्भवती थिइन् । यसैले पनि दीपिकाका लागि यो फिल्म एकदमै विशेष छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ २४, बिहिवार

यही माघ २५ गते अर्थात् भोलि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ममी’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार सुन्धारास्थित क्यूएफएक्सको सिभिल हलमा गरिएको प्रिमियरमा उपस्थित प्रायःले हरर-थ्रिलर जनरामा बनेको अहिलेसम्मको उत्कृष्ट फिल्म रहेको प्रतिक्रिया दिए । फिल्म हेरेका धेरैले फेसबुकमा पनि यही वाक्य उल्लेख गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ २४, बिहिवार

भोलि शुक्रबार अर्थात् माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’मा अभिनेत्री ऋचा शर्माले मुख्य भूमिका निभाएकी छन् । अझ भनौं, उनी फिल्मकी सोलो अभिनेत्री हुन् । लामो समयपछि शीर्ष भूमिकामा काम गरेकी उनले यसमा आमाको भूमिका निभाएकी छन् । वास्तविक जीवनमा पनि आमा बनिसकेकी उनले यो फिल्मलाई आफ्नो करिअरको ‘दोस्रो इनिङ’ मानेकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ २३, बुधवार

दीपक रौनियारको निर्देशनमा बनेको फिल्म ‘राजागंज’ (पूजा, सर)को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरले अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसन र मधेशमा चर्किएको आन्दोलनलाई चित्रण गरेको छ । फिल्मले ०६३/०६४ सालमा भएको मधेश आन्दोलनको समयको कथा भन्ने टिजरले संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ २३, बुधवार

ब्लकबस्टर फिल्म ‘महापुरुष’बाट अभिनेताको रुपमा डेब्यु गरेका अरुण क्षेत्री अब एक्सन फिल्म ‘हन्टर’मा देखिने तयारीमा छन् । बुधबार उनको जन्मदिनको अवसर पारेर क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनाव मुद्रामा देखिएका छन् । उनको अनुहारमा चोटको निशान छ । यसले फिल्ममा उनी एक्सन भूमिकामा देखिन लागेको संकेत गर्छ ।

Results : 1291 - 1296 of 23516