
निर्देशक सञ्जय लीला भंसालीको बलिउडमा अग्लो नाम छ । उनले बनाएका फिल्मले बलिउडलाई नै नयाँ दिशा दिने गरेका छन् । विशेषगरी पिरियड ड्रामा (इतिहासको कालखण्ड वा पात्रमाथि) फिल्म बनाउन रुचाउने उनीसँग बलिउडका एकसेएक ‘स्टार’ काम गर्न चाहन्छन् । तर, उनी भने ‘स्टार सिस्टम’ नै हुनुहुँदैन भन्ने पक्षमा देखिन्छन् । बलिउडलाई कलाकार चाहिएको उनको तर्क छ ।

सन् २००८ को चर्चित फिल्म ‘सानो संसार’को नाममा एकपटक फेरि फिल्म बन्ने भएको छ । ‘चपली हाइट’ निर्माता अर्जुन कुमारले फिल्मको निर्माण गर्न लागेका हुन् । शुक्रबार बिहान कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको निर्माण घोषणा गरियो । फिल्ममा मुख्य भूमिकामा देखिन लागेकी सीतादेवी तिमल्सिना (केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती)ले मुहूर्त सट दिएकी थिइन् ।

केही समयअघि आफ्नो एउटा लेखमा ‘नुमाफुङ’ निर्देशक नवीन सुब्बाले भनेका थिए, ‘आदिवासी जनजातिका दयाहाङजस्ता केही अनुहारहरु नेपाली फिल्ममा स्थापित भए पनि उनीहरु राजेश हमाल परम्पराका पुनरावृत्ति मात्र हुन् ।’ उनको आशय थियो, नेपाली फिल्ममा अनुहारको विविधता थपिए पनि दयाहाङले हमालझैँ गुणस्तरभन्दा संख्यात्मक अभिनयमा जोड दिँदा आफ्नो लय गुमाए ।

बुद्ध जयन्तीको विदा पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पूजार सार्की’ले घरेलु बक्स अफिसमा सानदार ओपनिङ गरेको छ । फिल्मलाई देशभरका हलमा दर्शकको उत्साहजनक साथ देखियो । बिहान ४०/५० प्रतिशत हाराहारी अकुपेन्सी कायम गरेको फिल्मले मध्यान्हबाट दर्शकको चाप बढाएको थियो । दिउँसो र रात्रिकालिन प्रायः शोजमा फिल्मको शतप्रतिशत अकुपेन्सी रह्यो ।

‘नुमाफुङ’ जस्तो मास्टरपिस फिल्म दिएका नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक साढे ३ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरको कथा फिल्मले भन्ने ट्रेलरले बुझाउँछ ।

पहिलो फिल्म ‘ड्रिम्स’बाटै ‘स्टार’ कहलिएकी थिइन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । दोस्रो फिल्म ‘ए मेरो हजुर २’को सफलताले उनको करिअर झनै उत्कर्षमा पुर्यायो । तेस्रो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पनि सफल भएपछि उनी ‘डिमान्डेड’ बनिन् । त्यसबेला उनले चलेका हिरोबराबर पारिश्रमिक बुझ्ने गरेकी थिइन् । तर, श्रृंखलाबद्ध विवाद र फिल्म छनोटमा चुक्दा उनको स्टारडम नै खस्कियो ।