
यतिबेला देशलाई नै टाउको दुखाई बनेको विषय हो, सहकारी ठगी । सहकारीको पैसा त्यसका सञ्चालक वा अन्य व्यक्तिले व्यक्तिगत स्वार्थमा प्रयोग गर्दा हजारौं बचतकर्ताको उठिबास लागेको छ । तर, राज्य यो समस्या समाधान गर्न गम्भीर देखिएको छैन । यसैले सहकारी ठगीको विषयमाथि फिल्म नै बनेको छ । त्यो हो, ‘महाभोज’ । शुक्रबारबाट यो फिल्म प्रदर्शनमा आएको छ ।

निर्माणको तयारीमा रहेको फिल्म ‘महाराजधिराज’मा अब अभिनेता पल शाह नरहने भएका छन् । उनीसँग फिल्मलाई लिएर भएको सम्झौता अन्त्य गरिएको घोषणा निर्माण पक्षले गरेको छ । बिहीबार फिल्मका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै आपसी सहमतिमा दुई पक्षबीचको सम्झौता अन्त्य गरिएको जनाएका छन् ।


गत वर्षको सुपरहिट फिल्ममा दर्ज भएको ‘अञ्जिला’ले आगामी बिहीबार अर्को एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दैछ । त्यो हो, प्रदर्शनको एक सय दिन । ४५ शोसहित गत बैशाख १९ गते ५१औं दिन मनाएको फिल्मले आगामी असार ५ गते प्रदर्शनको सय दिने यात्रा पूरा गर्न लागेको हो । यो फिल्म यतिबेला सामाखुसीस्थित सिटी स्क्वायर मलमा रहेको क्यूएफएक्स हलमा प्रदर्शनरत छ ।

कोरियोग्राफर माइकल चन्दको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा कलाकार अनुबन्ध हुने श्रृंखला जारी छ । अभिनेता द्वय विराज भट्ट र सुशील श्रेष्ठसहित अभिनेत्री दिव्या रायमाझीको प्रवेश भइसकेको फिल्ममा अब अर्की अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् । बुधबार निर्माताले उनीसँग लिखित सम्झौता गरेका हुन् ।

सहकारी ठगी प्रकरणको कथामा आधारित फिल्म ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला भएको छ । मंगलबार अपराह्नबाट देशभरका प्रायः हलले शो तालिका सार्वजनिक गर्दै टिकट बिक्री थालेका हुन् । फिल्मको चर्चा र स्टारकास्टको हिसाबमा फिल्मले अपेक्षित शो भने पाउन सकेको छैन । बुधबार दिउँसो ४ बजेसम्म फिल्मले देशव्यापी ६० माथि शो पाएको ‘खल्ती एप’मा देखिन्छ ।

