
गत बैशाखदेखि कात्तिकसम्म नेपाली फिल्मको व्यापार चकाचक नै रह्यो । यो अवधिमा लगभग १० वटा फिल्म व्यावसायिक रुपमा सफल भए । कात्तिकमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ले त घरेलु बक्स अफिसमा इतिहास नै रच्यो । तर, मंसिर महिना लागेयता नेपाली फिल्मको व्यापार निकै उदेकलाग्दो छ । ‘स्टार’ कहलिएका कलाकारहरुको फिल्म समेत बक्स अफिसमा डुबिरहेका छन् ।


काठमाडौंका मेयर तथा र्यापर बालेन शाहले फिल्म ‘लाज शरणम्’का लागि गाएको ‘नेपाल हाँसेको’ बोलको र्याप गीत सार्वजनिक भएको छ । बालेनकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनी स्वयंको शब्द तथा म्यूजिक कम्पोज छ । यो गीतको अडियो १० वर्षअघि नै रिलिज भइसकेको थियो । भिडियो भने बनेको थिएन । त्यही गीतलाई बालेनले फिल्मका लागि पुनः रेकर्ड गरेका हुन् ।

गत असारमा अभिनेत्री पूजा शर्माले ‘दान्भी’ रिलिजको बेला हल ‘भिजिट’को क्रममा ‘काली २’ बन्न लागेको घोषणा गर्दै आफू र रेखा थापाको मुख्य भूमिका रहने जानकारी गराएकी थिइन् । तर, अब रेखा र पूजा दोस्रो पटक एकसाथ देखिन लागेको फिल्मको नाम ‘काली २’ नराखिने भएको छ । निर्देशनको जिम्मेवारीमा रहेका सविर श्रेष्ठले नयाँ नाम र नयाँ कन्सेप्टमा फिल्म बन्ने जानकारी दिए ।

एकता पौडेलको निर्देशनमा फिल्म ‘हर्ष’ बन्ने भएको छ । सोमबार उनले फिल्मको निर्माण घोषणा गर्दै मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मालाई अनुबन्धित गरिएको जानकारी गराइन् । पहिलो पटक खगेन्द्र र आँचलले फिल्ममा सहकार्य गर्न लागेका हुन् । र, एकताको यो डेब्यु निर्देशकीय फिल्म हो ।

अभिनेता सलोन बस्नेतको नीजि जीवन र करिअरमा नयाँ अध्याय सुरु भएको छ । गत बैशाखमा उनी छोरीको पिता बने । यसपछि आफैंले पहिलो पटक फिल्म निर्माण गरेका छन् । त्यो फिल्म हो, ‘रंगी’ । यसमा उनी छोरीको पिताकै भूमिकामा छन् । फिल्ममा पहिलो पटक उनले बाबुको भूमिकामा अभिनय गरेका हुन् । यसैले पनि ‘रंगी’लाई उनको करिअरको दोस्रो इनिङ मानिएको छ ।

