
कुनै बेला अभिनेत्री रेखा थापाको अनुहार पोस्टरमा राखेको भरमा फिल्म चल्ने युग थियो । करिब एक दशक फिल्म क्षेत्रमा उनको नामको सिक्का राम्रै चल्यो । तर, समय सधैं एकनाश हुँदैन । विगत ७/८ वर्षयता उनको स्टारडम हलमा देखिन सकेको छैन । गत फागुनमा आएको ‘उपहार’प्रति उनलाई धेरै ठूलो अपेक्षा थियो । तर, यसले पनि उनको पुरानो स्टारडमलाई पूनर्जीवन दिन सकेन ।

अभिनेत्री अञ्जना बराइलीका लागि फिल्म करिअर सुखद् बनिरहेको छ । उनलाई पहिलो फिल्म ‘महापुरुष’बाटै सफलता मिल्यो । यतिबेला हलमा प्रदर्शन भइरहेको फिल्म ‘पूजार सार्की’ पनि सफलताको बाटोमा लम्किँदैछ । यसरी हेर्दा उनलाई फिल्ममा राम्रै ‘लक’ लागेको देखिन्छ । उनलाई फिल्मको प्रस्ताव पनि निरन्तर आइरहेको छ । अहिले उनको पाइपलाइनमा २ वटा फिल्म छन् ।

सरकारले फिल्म छायांकनका लागि स्टुडियो निर्माणको काम अगाडि बढाउने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काभ्रेको बनेपामा फिल्म स्टुडियो निर्माणको काम सुरु गरिने जानकारी गराएका हुन् ।


निर्देशक सिमोस सुनुवारले एकपटक फेरि अभिनेता सौगात मल्ललाई लिएर फिल्म बनाउने भएका छन् । यसअघि ‘झ्यानाकुटी’ र ‘हात्तीछाप’मा सहकार्य गरेका उनीहरुको नयाँ फिल्म ‘जन्ते बाख्रो’मा टिमअप भएको छ । सोमबार सौगातसँग निर्माताले कागजी सम्झौता गरेका छन् । आगामी भदौबाट छायांकनको तयारी गरिएको फिल्म गाम्रीण परिवेशमा आधारित हुने जानकारी प्राप्त छ ।
