
कवि तथा निर्देशक उपेन्द्र सुब्बाले आफ्नो तेस्रो फिल्म ‘जारी २’को छायांकन सकाएका छन् । गत बैशाख ३० गतेबाट सुरु गरिएको फिल्मको छायांकन हिजो (सोमबार) प्याकअप भएको हो । मोन्टाज दृश्यबाहेक ३६ दिनमा सम्पूर्ण छायांकन सकिएको निर्माण कम्पनी बाँसुरी फिल्मसले जनाएको छ । १६५ सिन खिचिएको फिल्मको छायांकन पूर्वी पहाडी जिल्ला पाँचथर क्षेत्रमा गरिएको हो ।

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर, बाबुल स्वयंको संगीत तथा गोविन्द भट्टको शब्द रचना छ । प्रेमिल भावना अभिव्यक्त भएको गीतमा गायन, शब्द र संगीतको संयोजन उत्कृष्ट छ ।

नेपालका महंगो अभिनेतामध्ये एक हुन्, अनमोल केसी । फिल्म ‘फर्की फर्की’मा उनलाई ५० लाख पारिश्रमिक तिरेको प्रमाण निर्माताले नै सार्वजनिक गरेका थिए । एउटै फिल्ममा ५० लाख लिने उनी नै पहिलो नेपाली कलाकार हुन् । उनी जति महंगो पारिश्रमिक लिन्छन्, त्यतिकै महंगो बजेटमा बन्छन् उनका फिल्म पनि । उनका पछिल्ला हरेक फिल्मको लागत ३ करोडमाथि छ ।

वैदेशिक रोजगारीको कठोर यथार्थतामा आधारित रहेर बनेको फिल्म ‘रियाल रिङ्गेट’को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ । आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको २ मिनेटभन्दा लामो टिजरमा नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक विछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई देखाइएको छ ।


मिस पबीको रुपमा चिनिएकी पबित्रा साकी नयाँ फिल्म ‘किन लाग्छ माया’मा मुख्य भूमिकामा देखिने भएकी छन् । निर्माता कम्पनी एस एण्ड एस प्रोडक्सनले उनीसँग लिखित सम्झौता गर्दै आइतबार फिल्म निर्माणको घोषणा गरेको छ ।

