
बुद्ध जयन्तीको विदा पारेर बिहीबार (जेठ १० गते)देखि प्रदर्शनमा आएका चार स्टारहरुको फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले घरेलु बक्स अफिसमा ‘इनिसियल’ व्यापार आक्रामक गरे । प्रदर्शनको पहिलो दिन (बिहीबार) र तेस्रो दिन (शनिबार) देशभरका हलहरुमा महोत्सवझैँ देखिएको थियो । यी दुई फिल्मप्रति देखिएको दर्शकहरुको क्रेजले फिल्म क्षेत्रमै खुसीको बहार ल्याएको छ ।


द्वन्द्वकालीन समयको प्रेमकथामा आधारित भएर बनेको फिल्म ‘खुस्मा’को छायांकन सकिएको छ । पहिलो चरण मनाङमा र दोस्रो चरण पूर्वी रुकुममा पर्ने दुर्गम पहाडी क्षेत्र मैकोट र ताकसेरा क्षेत्रमा छायांकन गरेपछि एउटा गीत बाँकी राख्दै ४० दिनमा फिल्म ‘प्याकअप’ भएको हो । गीतको छायांकन भने केही दिनभित्रमा गरिने लेखक तथा निर्देशक अशोक थापा मगरले जानकारी दिए ।

यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ३ मिनेट ४ सेकेण्ड लम्बाईको ट्रेलरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता निश्चल खड्काबीचको प्रेम र विछोडलाई देखाइएको छ । प्रेम सम्बन्ध टुटेपश्चात् साम्राज्ञीसँग फेरि नजिक बन्न निश्चलले गरेको संघर्षमा ट्रेलर केन्द्रित छ ।

५०-६० को दशक नेपाली फिल्मको उर्बर समय थियो । विदेशी फिल्मको उत्तिसाह्रो दबदबा थिएन । यसैले दर्शकको पहिलो रोजाईमा नेपाली फिल्म पर्दथे । हलमा हप्तौं चल्थे । प्रदर्शनको सय दिन र एकाउन्न दिन सामान्य मानिन्थ्यो । तर, इन्टरनेटको पहुँच बढेसँगै दर्शकको रुचि नेपाली फिल्ममा कम र विदेशी फिल्मतिर बढ्यो । एकै शैलीका फिल्म बन्नु पनि यसको प्रमुख कारण थियो ।

बुद्ध जयन्तीको सार्वजनिक विदा पारेर बिहीबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले हलमा दर्शकको मेला लगाएका छन् । सानदार ओपनिङ गरेका दुवै फिल्म शनिबार पनि बक्स अफिसमा चम्किएका छन् । बिहानैदेखि देशभरका हलमा दुवै फिल्मप्रति दर्शकको क्रेज अद्भूत देखिन्छ । दुवै फिल्मले प्राप्त गरेको शोजमा मध्यान्हबाट शतप्रतिशत अकुपेन्सी छ ।