
चकलेटी अभिनेताको रुपमा चिनिएका पल शाह प्रायः फिल्ममा सुकिलोमुकिलो पात्र र हिरोइनको वरिपरि घुम्ने चरित्रमा देखिन्छन् । यसैले उनको छवि लभर ब्वाईको रुपमा बनेको छ । चरित्रमा विविधता पस्किन नसकेको आरोप खेपिरहेका उनलाई फिल्म ‘पूजार सार्की’ले भने नयाँ पहिचान दिलाउन सक्ने देखिन्छ । किनकि, यसमा उनले करिअरमै पहिलोपटक भिन्न चरित्र निर्वाह गरेका छन् ।

अभिनेता प्रदीप खड्काको नयाँ फिल्म ‘एक्लो’मा बेलायती अभिनेता जेमी बेकनले पनि अभिनय गर्ने भएका छन् । लोकप्रिय अंग्रेजी अनलाइन डेडलाइनले फिल्ममा जेमी अनुबन्धित भएको उल्लेख गरेको छ । उनी आफैंले पनि यो समाचारको ‘स्क्रिनसट’ आफ्नो इन्स्टाग्राममा पोस्ट्याएका छन् । उनी नेटफ्ल्क्सि सिरिज ‘व्हाइट लाइन्स’ र फिल्म ‘ब्राइटन’मा गरेको अभिनयका कारण चिनिन्छन् ।

‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्म ‘पूजार सार्की’ यही बिहीबार (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउँदैछ । एकातिर स्टार (कास्ट र निर्देशक) र अर्कोतिर ट्रेलरले बढाएको हाइपका कारण फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्ने प्रक्षेपण गरिएको छ । यसैबीच, सोमबारबाट फिल्मको अग्रिम टिकट बुकिङ सुरु भएको छ ।

गायक सुजन चापागाईको लोकप्रिय गीत ‘घुमी घुमी’मा अभिनय गरेपछि चर्चामा आएकी अभिनेत्री अञ्जना बराइलीले ‘महापुरुष’बाट फिल्ममा डेब्युको मौका पाइन् । अब उनको दोस्रो फिल्म ‘पूजार सार्की’ यही जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । दुवै फिल्ममा उनी अडिसनबाट छानिएकी हुन् । ‘पूजार सार्की’को अडिसन भने ‘क्यारेक्टर’का लागि थियो ।

‘एक्सन स्टार’ विराज भट्टका छोरा समीर भट्ट फिल्म ‘बलिदान’बाट डेब्युको तयारीमा थिए । तर, यो फिल्मको सेट डिजाइन र अन्य प्राविधिक कारणले निर्माणमा ढिलाई हुने भएपछि उनले पिताको फिल्म ‘१२ गाउँ’बाट डेब्यु गरेका छन् । सोमबार ललितपुरस्थित हात्तीबनमा फिल्मको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । फिल्मका लागि पहिलो दृश्य समीरको खिचिएको जनाइएको छ ।

कमल एक्चै मगरको निर्देशनमा तयार भएको फिल्म ‘शिरफूल’ आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा अभिनेत्री पूजा शर्मा अभिनीत ‘दान्भी’ र स्वर्गीय गायक भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ पनि प्रदर्शनमा आउँदैछन् । अर्थात् असार ७ मा त्रिपक्षीय भिडन्त हुने भएको छ ।