मिति : २०८२ वैशाख २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1255 - 1260 of 22567
फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ २०, आईतवार

कलाकारहरुबीच चिसो-तातो सम्बन्ध भैरहन्छ । कहिले घनिष्ट देखिन्छन् त कहिले एकअर्काको नाम पनि सुन्न चाहँदैनन् । अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माको हकमा पनि यी दुईवटै चरण देखियो । फिल्म ‘प्रेमगीत’ गर्दा उनीहरु नजिक थिए । फिल्म रिलिजसम्म आइपुग्दा सम्बन्धमा चिसोपना सुरु भइसकेको थियो । फिल्म रिलिज भएपछि भने उनीहरुबीच बोलचाल नै बन्द भयो ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ २०, आईतवार

कुनै बेला रोमान्टिक हिरोको छवि बनाएका अभिनेता राजबल्लभ कोइराला अब ९ वर्षपछि फिल्ममा फर्किँदैछ । फिल्म ‘एक्टर’बाट उनको कमब्याक हुन लागेको हो । करिब १० वर्षदेखि अमेरिकामा बस्दै आएका उनी यो फिल्ममा अभिनय गर्न आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनलाई फिल्मका निर्देशक राजन भुषाल र निर्माता थमनकुमार भण्डारीसहितले स्वागत गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ २०, आईतवार

अभिनेत्री स्वस्तिमा खड्का कलात्मक र व्यावसायिक दुईटै धारका फिल्ममा जमेकी छन् । ‘बुलबुल’ र ‘चिसो मान्छे’ जस्ता फिल्मले उनलाई अब्बल कोटीको अभिनेत्रीको रुपमा स्थापित गर्‍यो । ‘होस्टेल रिर्टन्स’, ‘नाइँ नभन्नू ल ५’, ‘दिमाग खराब’, ‘छक्का पञ्जा २’ जस्ता फिल्मको सफलताले उनको करिअरलाई मजबूत बनाउन ठूलो भूमिका खेले । यतिबेला उनको करिअर उत्कर्ष विन्दूमा छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ १९, शनिवार

गत हप्ताको बिहीबारबाट प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘पूजार सार्की’ले दोस्रो हप्तामा पनि व्यापारिक रफ्तारलाई कायम राखेको छ । विशेषगरी विदाको दिन फिल्मप्रति दर्शकको क्रेज भव्य देखिन्छ । दोस्रो हप्ताको शनिबार पनि फिल्मले देशभर उच्च ‘अकुपेन्सी’ कायम गर्‍यो । ‘वर्ड अफ माउथ’ बलियो रहेकाले आगामी दिनमा पनि व्यापार स्थिर रहने निर्माण टिमको विश्वास छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ १९, शनिवार

फिल्मको रिलिज हेरफेर हुनु सामान्य भैसकेको छ । निर्माताले विभिन्न पक्षलाई मध्यनजर गर्दै रिलिज सारिरहेका हुन्छन् । आगामी असोज ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘ह्रस्व दीर्घ’को पनि रिलिज फेरबदल भएको छ । अब यो फिल्म एक हप्ता अगाडि सर्दै असोज ३ गते अर्थात् संविधान दिवसको दिनबाट प्रदर्शनमा आउने भएको छ । यो मितिमा अरु दुई फिल्म पनि छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ ज्येष्ठ १९, शनिवार

यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको निर्देशक नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राई माइला’ बोलको सार्वजनिक गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राईको माइला पात्रले जीविकोपार्जनका लागि गरेको संघर्ष र उसको पारिवारिक जीवनलाई पेश गरिएको छ । यो गीतका शब्दले फिल्मको कथा बोल्छ ।

Results : 1255 - 1260 of 22567