Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1255 - 1260 of 23516
फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २, शुक्रवार

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि एकसाथ काम गरेको पहिलो फिल्म ‘भाइरल गोर्खे’ आगामी जेठ ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । भ्यालेनटाइन डेको अवसरमा दुईवटा पोस्टर सार्वजनिक गर्दै निर्माताले उक्त मितिमा फिल्म प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २, शुक्रवार

टिजर र ट्रेलर रिलिजपछि चर्चामा रहेको फिल्म ‘दुःखी आत्मा’ प्रणय दिवसको दिन पारेर शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । यौन दुर्बलताको विषयमा आधारित भएर बनेको फिल्मले रिलिजको पूर्वसन्ध्यामा बिहीबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त गर्‍यो । प्रिमियरमा उपस्थित प्रायःले उठाउनैपर्ने विषयमा रमाइलो फिल्म बनेको धारणा व्यक्त गरे ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २, शुक्रवार

भ्यालेनटाइन डेको सन्दर्भ पारेर नयाँ फिल्म ‘कार्की साइँला’को घोषणा गरिएको छ । शुक्रबार थिम पोस्टरमार्फत् फिल्म निर्माणको घोषणा गर्दै कथावस्तुबारे जानकारी गराइयो । पोस्टरमा पहाडी क्षेत्रमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई देख्न सकिन्छ । ग्रामीण जीवनमा आधारित भएर फिल्म बन्न लागेको पोस्टरले प्रष्ट पार्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन २, शुक्रवार

मंसिरदेखि नेपाली फिल्मको व्यापारमा शिथिलता देखिएको छ । निरन्तर फिल्महरु प्रदर्शन भइरहे पनि कुनैले व्यापारिक सफलता पाउन सकेका छैनन् । माघमा मात्र ७ वटा फिल्म फ्लप भए । अब फागुनको सुरुवात दुई फिल्म ‘रंगी’ र ‘दुःखी आत्मा’बाट भएको छ । शुक्रबार (आज)बाट प्रदर्शनमा आएका यी दुई फिल्मले शिथिल बनेको बक्स अफिस चलायमान बनाउने अपेक्षा गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १, बिहिवार

लभस्टोरी फिल्म बनाउन सिपालु मानिएको दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मायावी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक तीन मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो भन्ने कुरालाई फिल्मले मुख्य कथावस्तु बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ फाल्गुन १, बिहिवार

भोलि शुक्रबार अर्थात् फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रंगी’ले बुधबार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब हलमा आयोजित प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । बाबु-छोरीको भावनात्मक सम्बन्धको कथामा आधारित रहेको फिल्म मनछुने बनेको प्रायःको प्रतिक्रिया थियो । फिल्म हेरेर निस्किँदै गर्दा कतिको आँखामा आँसु समेत देखिएको थियो ।

Results : 1255 - 1260 of 23516