Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1261 - 1266 of 23989
फिल्मीखबर, काठमाडौं, 2025-06-23, सोमवार

केही महिनाअघि निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले अभिनेता पल शाहसँग भेट गरेको एक तस्वीर बाहिरिएपछि फिल्म ‘ए मेरो हजुर ५’मा उनीहरूबीच सहकार्य हुन लागेको चर्चा चलेको थियो । तर, अब कथामा नयाँ ट्वीस्ट आएको छ । उक्त फिल्ममा पल नभइ अभिनेता अनमोल केसी भित्रिएका छन् । सोमबार साँझ निर्माता थापाले उनीसँग लिखित सम्झौता गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2025-06-23, सोमवार

फरक धारको कथा, स्तरीय भिजुअल इफेक्ट्स (भीएफएक्स) र सशक्त एक्सनमा फिल्म ‘महाकाव्य’ निर्माण हुने भएको छ । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्मको निर्माण घोषणा गरियो । पोस्टरमा दुई धारिलो भालाबीचको टकरावको दृश्य देख्न सकिन्छ । जसमध्ये एउटा भालामा आगो बलिरहेको छ । यसले युद्धको कथामा फिल्म बन्न लागेको संकेत गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-06-23, सोमवार

कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको भन्दै अभिनेता अनमोल केसीसहित फिल्म ‘फर्की फर्की’ टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका छन् । उनले सोमबार वारेसमार्फत फिल्मको टिमलाई कारवाहीको माग गर्दै मुद्धा हालेका हुन् । 

फिल्मीखबर, काठमाडौं, 2025-06-23, सोमवार

एकता पौडेलको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘हर्ष’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार युट्युबमार्फत टाइटल भिडियो सार्वजनिक गर्दै आगामी मंसिर १२ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराइएको हो । 

फिल्मीखबर, काठमाडौं, 2025-06-23, सोमवार

अभिनेता विपिन कार्कीको करिअर उचारचढावपूर्ण छ । उनका कुनै फिल्मले लोभलाग्दो सफलता पाएका छन् भने धेरैजसो बक्स अफिसमा नराम्रोसँग पिटिएका छन् । गत वर्ष मात्र उनका ठूला बजेटका दुई फिल्म ‘तेल भिसा’ र ‘कर्मा’ असफल भए । ‘कर्मा’ले त उनलाई दिइएको पारिश्रमिक समेत उठाएन । यी दुई फिल्मको असफलतापछि उनीबाट निर्माताहरू तर्किन थालिसकेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2025-06-22, आईतवार

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘सतीदेवी’ व्यावसायिक रुपमा सफल हुन नसकेको भए पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको थियो । यही कारण हल रिलिजपछि विभिन्न संघ-संस्थाहरुले फिल्मको विशेष शो आयोजना गरिरहेका छन् । यसैबीच, शनिबार सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली नारी सम्मान-०८२’ समारोहमा पनि फिल्म देखाइएको छ ।

Results : 1261 - 1266 of 23989