
२०७२ सालमा प्रदर्शन भएको फिल्म थियो, ‘रेशम फिलिली’ । यसमा समावेश ‘जालमा’ गीत त्यतिबेला अत्याधिक लोकप्रिय बनेको थियो । यही गीतका कारण फिल्मको ओपनिङ पनि सानदार रह्यो । तर, प्रदर्शनको भोलिपल्ट अर्थात् बैशाख १२ गते विनाशकारी भूकम्प जाँदा फिल्मको रिलिज नै रोकिन पुगेको थियो । अब यही फिल्मको ९ वर्षपछि सिक्वेल आउँदैछ, ‘फेरि रेशम फिलिली’ ।

यही फागुन २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको कलेज ड्रामा फिल्म ‘होस्टेल ३’को शुक्रबार सार्वजनिक ट्रेलरले रेकर्ड बनाएको छ । नेपालसहित विश्वका विभिन्न १३ देशहरूमा फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । सम्भवतः यति धेरै देशमा नेपाली फिल्मको ट्रेलर ट्रेन्डिङमा परेको पहिलो पटक हो । नेपाल र कुवेतमा ट्रेलर ट्रेन्डिङको पहिलो स्थानमा समेत छ ।

अभिनेता दीलिप रायमाझीलाई पितृशोक परेको छ । उनका बुबा आनन्द कुमार रायमाझीको ७८ वर्षको उमेरमा शुक्रबार साँझ कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए ।

अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी, सुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन, प्रकृति श्रेष्ठ जस्ता कलाकारलाई डेब्युको अवसर दिएको ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखलाको रुपमा निर्माण भएको फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ ।

आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत ‘रोक्ने छैन’ सार्वजनिक गरिएको छ । गीतमा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । गायनमा अल्मोडालाई सुमन परियारले साथ दिएकी छन् ।

‘दर्पण छायाँ’ फेम्ड अभिनेता उत्तम प्रधान आफ्नो कमब्याक फिल्म ‘कल्ली’को छायांकनका लागि काठमाडौं आइपुगेका छन् । परिवारसहित भारतको सिक्किममा बस्दै आएका उनी बिहीबार बिहान काठमाडौं ओर्लिएका हुन् । उनलाई फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । फिल्मको छायांकनका लागि उत्तम ३५ दिनसम्म नेपालमा रहनेछन् ।

