
‘नुमाफुङ’ जस्तो कालजयी फिल्मका निर्देशक नवीन सुब्बाको कमब्याक फिल्म ‘गाउँ आएको बाटो’ले घरेलु बक्स अफिसमा सुखद सुरुवात छ । फिल्मको टिकट अनलाइन बुकिङभन्दा काउन्टरबाट बढी बिक्री भइरहेको छ । बिहानी शोज अपेक्षाकृत नभए पनि दिउँसोबाट फिल्मले गति पक्डेको देखिन्छ । काठमाडौंसँगै पूर्वका केही ‘मेजर’ हलहरुमा फिल्मको अकुपेन्सी उच्च देखिएको छ ।

लक्ष्मण सुवेदीको तेस्रो निर्देशकीय फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक २ मिनेट ३३ सेकेण्ड लामो टिजरले परिवारको वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ । छोरीले पनि परिवारप्रति आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने फिल्मको मूल कथा रहेको टिजरले प्रष्ट्याउँछ । टिजरका दृश्य र संवादहरु मर्मस्पर्शी छन् ।

यतिबेला हलमा प्रदर्शन भैरहेको फिल्म ‘फर्की फर्की’ले सुखद नतिजा प्राप्त गरेसँगै अभिनेता अनमोल केसी अर्को फिल्म ‘जेरी अन टप’को तयारीमा जुटिसकेका छन् । यही जेठ अन्तिमबाट छायांकन गर्न लागिएको फिल्ममा उनको जोडी अभिनेत्री आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ । यसैबीच, फिल्ममा अर्की शर्मा अभिनेत्रीको पनि प्रवेश भएको छ । ती अभिनेत्री आँचल शर्मा हुन् ।

‘डायस्पोरा’ (विदेश)मा बस्ने नेपाली युवापुस्ताको प्रेमकथामा आधारित भएर बनेको फिल्म ‘लण्डन टू पेरिस’ शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । प्रदर्शनको पूर्वसन्ध्यामा भने बिहीबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको प्रिमियर राखिएको थियो । जहाँ सेलिब्रेटीहरुको खासै उल्लेख्य उपस्थिति देखिएन । यद्यपि, प्रिमियरमा सहभागी अधिकांशले प्रशंसामा शब्द खर्चिए ।

गत वर्षको दशैंयता नेपाली फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेका छन् । सिक्वेल र स्टार बिनाका फिल्म पनि चलेका छन् । यसले नेपाली फिल्मप्रति दर्शकको बढ्दो आकर्षण दर्शाउँछ । र, फिल्मको कथामा पनि विविधता देखिएको छ । कहिले गाउँमा आधारित त कहिले सहरी कथामा बनेका फिल्म आइरहेका छन् । यसले गर्दा हरेक खालका दर्शकहरु आकर्षित भएको देखिन्छ ।

सुपरस्टार विजय सेतुपतिले साउथमा मात्र होइन बलिउडमा पनि आफ्नो पकड बनाइसकेका छन् । पछिल्लो समय उनले लगातार बलिउड फिल्म गरिरहेका छन् । पछिल्लोपटक उनी अभिनेता शाहरुख खानसँग फिल्म ‘जवान’मा भिलेनको भूमिकामा देखिएका थिए । यसपछि कटरीना कैफसँग अर्को फिल्म ‘मेरी क्रिसमस’ देखिए । यतिबेला भने विजय एउटा विषयले चर्चामा आएका छन् ।