Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1237 - 1242 of 23989
फिल्मीखबर, काठमाडौं, 2025-06-30, सोमवार

अभिनेता परेश रावल बाहिरिएपछि अन्योल बनेको फिल्म ‘हेरा फेरी ३’को निर्माण अब भने सुरु हुने भएको छ । किनकि, फिल्ममा परेश फर्किएका छन् । यसको पृष्टि उनी स्वयंले गरेका हुन् । हालै एक पोडकास्टमा उनले फिल्ममा आफूले अभिनय गर्न लागेको बताए । यसअघि रावल स्वयंले आफूले फिल्म छाडेको बताएका थिए । उनी बाहिरिएपछि फिल्मको सम्पूर्ण काम रोकिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-06-30, सोमवार

विकास सुवेदीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘यानीमाया’मा मोडल अञ्जना पुन मगरले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । दुई दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेकी उनले यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । उनलाई अडिसनबाट निर्माण टिमले छनोट गरेको हो । फिल्ममा उनी अभिनेता पल शाहको जोडी बनेर देखिनेछिन् ।

फिल्मीखबर, काठमाडौं, 2025-06-29, आईतवार

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसर पारेर सार्वजनिक टिजरले फिल्मको सेटिङ, परिवेश, केन्द्रीय द्वन्द्व र चरित्र चित्रणबारे प्रकाश पारेको छ । रोल्पाको सेटिङमा फिल्मको कथा भनिएको टिजरबाट बुझ्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-06-29, आईतवार

कुनै बेला नेपाली फिल्ममा आफ्नो बलियो पकड बनाएका अभिनेता जीवन लुइँटेल एक दशकदेखि अभिनयमा सक्रिय छैनन् । फिल्महरु लगातार असफल भएपछि परिवारसहित अमेरिका बस्न थालेका उनी अब भने अभिनयमा फर्किने भएका छन् । तर, उनको फिल्मबाट नभइ नाटकबाट अभिनयमा कमब्याक हुन लागेको हो। उनले ‘शिरीषको फूल’ नामक नाटक खेल्न लागेका हुन्।

फिल्मीखबर, काठमाडौं, 2025-06-29, आईतवार

यस वर्षको पहिलो सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ले प्रदर्शनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । गत बैशाख २६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले शनिबार ५१ दिनको यात्रा पूरा गरेको हो । फिल्मले देशभरका ३० बढी हलमा ५१ औं दिन मनाएको निर्माण कम्पनी आर्टमान्डूले जनाएको छ । यो अवधिसम्म फिल्मले बक्स अफिसमा ११ करोड ८० लाखमाथिको व्यापार गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-06-29, आईतवार

कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’मा श्रृंखलाबद्ध रुपमा कलाकारहरुको प्रवेश भइरहेको छ । केही दिनअघि हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र जापानी अभिनेत्री रजेल इचिमियालाई अनुबन्धित गरिएको फिल्ममा अब सौगात मल्ल भित्रिएका छन् । गत शुक्रबार उनीसँग निर्माता उज्जवल गुरागाईँले कागजी सम्झौता गरेका हुन् । 

Results : 1237 - 1242 of 23989