
मंसिरमा सुस्ताएको नेपाली फिल्मको व्यापार गत साता प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले केही हदसम्म चलायमान बनाउने अपेक्षा गरिएको थियो । किनकि, यसमा स्टारकास्ट बलियो थियो । तर, यो फिल्मको व्यापारिक नतिजा पनि निराशाजनक आएको छ । फिल्मले प्रदर्शनको ९ दिनसम्म घरेलु बक्स अफिसमा एक करोडको आँकडा पनि कटाउन सकेको छैन ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो परिचयको आयाम फराकिलो बनाएका छन् । राजनीतिमा कुशल छवि बनाएका उनले फिल्म ‘बिगुल’मार्फत आफूलाई गीतकार र संगीतकारको रूपमा पनि प्रस्तुत गरेका छन् । फिल्मका लागि उनले तयार पारेको गीत ‘जनताको आवाज’ आइतबार सार्वजनिक गरिएको छ । यसमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ ।

नेपाली फिल्ममा एउटै जोडी पटक-पटक दोहोरिएका उदाहरण धेरै छन् । विशेषगरी दर्शकको रोजाइमा परेका कलाकारको जोडीलाई मेकरहरूले फिल्ममा दोहोर्याइरहेका हुन्छन् । पछिल्लो समय दयाहाङ राई र मिरुना मगरको जोडी सबैभन्दा धेरै दोहोरिरहेका बेला दयाहाङको नयाँ जोडी बनेर सिर्जना निङलेखु पनि एकपछि अर्को फिल्ममा देखिन थालेकी छन् ।

काठमाडौं महानगरका प्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच एकता गर्ने सहमति जुटेपछि राष्ट्रिय राजनीतिमा ठूलो तरंग पैदा भएको छ । आइतबार बिहान ७ बुँदे सम्झौता गरेका दुवै नेताप्रति समर्थकहरूले बधाइ तथा शुभकामना व्यक्त गरिरहेका छन् । तर, उनीहरूको सहकार्यलाई लिएर विभिन्न कोणबाट टीका-टिप्पणीहरू पनि भइरहेका छन् ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो टिजरले फिल्मको कथा, सेटिङ र भावनात्मक तनावको झलक प्रस्तुत गर्दै मान्छेभित्रको देउता र राक्षसीपनको द्वन्द्वलाई उजागर गरेको छ । मान्छेले आफूभित्रको देउतालाई मारेर राक्षसलाई ब्यूँताएपछि उत्पन्न हुने परिस्थितिको कथा टिजरमा देख्न सकिन्छ ।

साइन्स फिक्सन फिल्म ‘एक्लो’ नेपाल रिलिजको एक सातापछि मध्यपूर्वका देशमा पनि प्रदर्शन हुने भएको छ । पुष २४ गतेदेखि यूएई, कतार र बहराइनमा फिल्म रिलिज हुन लागेको हो । यी तीन देशमा साथीभाइ इन्टरटेनमेन्टले फिल्मको वितरण गर्नेछ । ट्रेलरले दर्शकमा फिल्मप्रति उत्साह जगाएकाले मध्यपूर्वमा राम्रो व्यापार गर्ने सम्भावना बढेको वितरक हरि मोक्तानले बताए ।

