
सोमबार जेनजीको प्रदर्शनमा सरकारको बर्बर दमनबाट मृत्यु भएका १९ जनाको शोकमा मंगलबार देशभरका हलहरू बन्द भए । हल व्यवसायी र वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघको आह्वानमा हलहरू बन्द गरिएको थियो । मंगलबार जेनजी आन्दोलनले हिंसात्मक मोड लिएपछि बुधबार पनि हलहरू बन्द रहने भएका छन् ।

यही भदौ २७ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘अभिमन्यु’ तोकिएको मितिमा रिलिज नहुने भएको छ । सोमबार जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन स्थगन गरिएको हो । निर्माता कम्पनी सेभेन सिज सिनेमाका अध्यक्ष विनोद पौडेलले विज्ञप्ति जारी गर्दै फिल्मको नयाँ प्रदर्शन मिति चाँडै घोषणा गरिने जानकारी दिए ।

भ्रष्टाचार, सत्ताको दुरुपयोग र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै कलाकारहरुले विरोध जनाएका छन् । प्रदर्शनमा सहभागी १८ जनाको मृत्यु भएपछि आक्रोशित भएका कलाकारहरुले सामाजिक सञ्जालमार्फत् ‘हत्यारा सरकार’ भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।

कुनै बेला दीपकराज गिरी, दीपाश्री निरौला, र जितु नेपालबीच व्यक्तिगत र व्यावसायिक दुवै हिसाबले बलियो सम्बन्ध थियो । उनीहरुले ‘६ एकान ६’ हुँदै ‘छ माया छपक्कै’सम्म निरन्तर सहकार्य गरे । तर,‘महानायक’ विवादपछि उनीहरुको सहकार्य मात्र नभई व्यक्तिगत सम्बन्धमा पनि दरार देखा पर्यो । दीपक-दीपा र जितुबीच लामो समय पानी बाराबारकै अवस्था रहेको थियो ।

भ्रष्टाचार, असमानता, सत्ताको दुरुपयोग र सामाजिक सञ्जाल बन्दको विरुद्धमा जेनजी पुस्ताले सोमबार (२३ भदौ)का लागि आह्वान गरेको आन्दोलनलाई कलाकारहरुले पनि समर्थन जनाउन थालेका छन् । काठमाडौंस्थित माइतीघर मण्डलामा हुन लागेको आन्दोलनलाई कलाकारहरुले समर्थन र ऐक्यबद्धता जनाउँदै त्यससम्बन्धी पोस्टहरु सामाजिक सञ्जालमा सेअर गरिरहेका छन् ।

अभिनयमा राम्रो क्षमता भएर पनि करिअरमा अपेक्षित उडान भर्न नसकेका कलाकार हुन्, कामेश्वर चौरासिया । ‘रेशम फिलिली’ होस् वा ‘रज्जारानी’, चाहे ‘फेरि रेशम फिलिली’ वा ‘फाटेको जुत्ता’ नै किन नहोस्, हरेकमा उनको जीवन्त अभिनयमा देख्न पाइन्छ । तर, यी सबैमा उनी सहायक भूमिकामा सीमित थिए । पहिलोपटक उनी फिल्म ‘अभिमन्यु’मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

