मिति : २०८२ वैशाख २७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 829 - 834 of 22591
फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १४, सोमवार

एउटा कलाकारको करिअरमा फिल्मको व्यापारले ठूलो अर्थ राख्छ । चल्तीका कलाकार भए त झन् फिल्मको सफलता अपरिहार्य नै मानिन्छ । किनकि, फिल्मको सफलताकै आधारमा उनीहरुको करिअर टिकेको हुन्छ । एउटा फिल्म मात्र पनि बक्स अफिसमा असफल भइदिए ठूलो समस्या उत्पन्न हुन्छ । श्रृंखलाबद्ध रुपमा फिल्म असफल हुँदा संकटमा पुगेका कयौं नेपाली कलाकार छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १३, आईतवार

स्वस्तिमा खड्काले ‘भर्सटायल’ अभिनेत्रीको रुपमा आफ्नो छवि निर्माण गरेकी छन् । ‘बुलबुल’मा निर्वाह गरेको ‘रणकला’को चरित्र होस् वा ‘चिसो मान्छे’मा सुदूरपश्चिमकी ‘पुष्पा’को चरित्र नै किन नहोस्, हरेकमा उनले आफूलाई अब्बल रुपमा प्रस्तुत गरेकी छन् । अभिनयमा उनले जुन उचाइँ हासिल गरेकी छन्, त्यो धेरैका लागि लोभलाग्दो छ । अब उनले निर्मात्रीको परिचय पनि थपेकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १३, आईतवार

‘कबड्डी’को पहिलो र दोस्रो श्रृंखलामा ‘मैयाँ’को भूमिकामा अभिनय गरेकी अभिनेत्री रिश्मा गुरुङ करिब ५ वर्षपछि फिल्म ‘रिमै’बाट कमब्याक गर्दैछिन् । यसमा उनको जोडी ‘कबड्डी’ श्रृंखलाकै अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लसँग बाँधिनेछ । यो फिल्ममा काम गर्न उनी अमेरिकाबाट आइतबार काठमाडौं आइपुगेकी छन् । विवाहपछि रिश्मा श्रीमानसँग अमेरिकामा बस्दै आएकी छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १३, आईतवार

यशराज फिल्म्स आफ्नो सफल ‘फ्रेन्चाइज’ ‘धूम’को चौंथो पार्ट निर्माणको तयारीमा जुटेको छ । लामो समयदेखि ‘धूम ४’मा बलिउड सुपरस्टारद्वय सलमान खान वा शाहरुख खानमध्ये कोही एकजना भित्रिन सक्ने चर्चा भइरहँदा यतिबेला भारतीय मिडियामा एउटा खबर फैलिएको छ । फिल्ममा अभिनेता रणवीर कपूरको प्रवेश भएको हलिउड हंगामा जस्ता भारतीय वेबसाइटले जनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १३, आईतवार

कुनै बेला नेपाली निर्माता हलबाट हुने व्यापारमा मात्र निर्भर थिए । जसले गर्दा फिल्म असफल भए घरबास उठ्थ्यो । तर, पछिल्लो समय ‘विदेश राइट्स’ निर्मातालाई आम्दानीको राम्रो स्रोत बनेको छ । सिक्वेल वा सिरिज फिल्म भए त झन् प्रदर्शनभन्दा अगाडि नै लगानी सुरक्षित हुन्छ । यसैले अचेल हलमा फिल्म खासै नचल्दा पनि ‘विदेश राइट्स’का कारण निर्माताले ठूलो घाटा बेहोर्नु पर्दैन ।

फिल्मीखबर, काठमाडौं, २०८१ आश्विन १२, शनिवार

निरन्तरको वर्षाले देशभरको जनजीवन अस्तव्यस्त भएपछि शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘सानो संसार’को रिलिज स्थगित गरिएको छ । शनिबार निर्माताद्वय अर्जुन कुमार र माधव वाग्लेद्वारा जारी विज्ञप्तिमा मानिसको जनधनको सुरक्षालाई मध्यनजर गर्दै केही समयका लागि फिल्मको रिलिज रोकिएको जनाइएको छ । निर्माताको निर्णयसँगै हलहरूले फिल्मको शो हटाइसकेका छन् ।

Results : 829 - 834 of 22591