Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 841 - 846 of 23812
फिल्मीखबर, काठमाडौं, 2025-08-30, शनिवार

सन्तोष कुमार आत्रेयको निर्देशनमा बनेको फिल्म ‘शिवांश’ आगामी कात्तिक २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार फिल्मका निर्माताले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । पोस्टरमा कैलाश पर्वततर्फ जाँदै गरेका महादेव (शिव) र साँढेको प्रतीकात्मक तस्वीर देखिन्छ । यसले धार्मिक कथावस्तुमा फिल्म बनेको संकेत गर्छ । 

फिल्मीखबर, काठमाडौं, 2025-08-29, शुक्रवार

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’को टिजरले युट्युबमा धमाका मच्चाएको छ । रिलिजको चार दिनमा युट्युबमा मात्र १५ लाख बढी अर्गानिक भ्यूज प्राप्त गरिसकेको टिजरले विश्वभर आफ्नो प्रभाव पनि देखाएको छ । यतिबेला फिल्मको टिजर नेपालसहित एक दर्जन बढी देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा स्ट्रिमिङ भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-29, शुक्रवार

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ आउँदो कात्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ प्रदर्शन हुने भएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको प्रदर्शन मितिबारे जानकारी गराएको हो । परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथामा फिल्म आधारित रहेको जनाइएको छ । 

फिल्मीखबर, काठमाडौं, 2025-08-29, शुक्रवार

पछिल्लो समय नेपाली निर्माताहरूले फिल्म चलाउन आफैंले टिकट किन्ने प्रवृति मौलाएको छ । त्यसका लागि अचेल बजेट समेत छुट्याउन थालिएको चर्चा छ । केही महिनाअघि कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले १०–१२ लाखको टिकट किनेको खुलासा गरेपछि त्यसले फिल्म क्षेत्रमा ठूलो तरङ्ग ल्याएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2025-08-29, शुक्रवार

गत असारमा प्रदर्शन भएको फिल्म ‘यो मन त मेरो नेपाली हो’को समूहले नयाँ फिल्मको घोषणा गरेको छ । बिहीबार बालाजुस्थित अष्टनारायण हलमा आयोजित एक कार्यक्रमका बीच एआई जेनरेटेड पोस्टर सार्वजनिक गर्दै फिल्म ‘स्वाहा’ निर्माणको घोषणा गरिएको हो । यो नामको अर्थ विनाश वा सर्वनाश भन्ने हुन्छ ।

फिल्मीखबर, काठमाडौं, 2025-08-29, शुक्रवार

आगामी असोज ३ गते प्रदर्शन हुने भनिएको फिल्म ‘सोल्टिनी’ एक महिना पछाडि धकेलिएको छ । उक्त मितिमा ‘जारी २’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो । अब यो फिल्म भाइटीकाको दिन पारेर आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ । शुक्रबार फिल्मको चारवटा पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मितिबारे जानकारी गराइएको हो ।

Results : 841 - 846 of 23812