
सन् २००८ मा ‘सानो संसार’ शीर्षकमा फिल्म बनेको थियो । यसलाई लभस्टोरीमा एउटा जीवन्त फिल्म मानिन्छ । यही नाम सापटी लिएर एकपटक फेरि फिल्म बनेको छ तर फरक विषयमा । यही शुक्रबार (असोज ११ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्मले मध्यमवर्गीय परिवारको कथालाई उठाएको छ । ‘चपली हाइट’ श्रृंखलाका निर्माता अर्जुन कुमारले यो फिल्मको निर्माण गरेका हुन् ।

२०७२ सालमा गएको भूकम्पपछि अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ सामाजिक कार्यमा सक्रिय भए । त्यसपछि उनको कलाकारिता यात्रा सुस्तायो । चितवनमा रंगशाला निर्माणको क्रममा भने उनले ‘सेन्टी भाइरस’बाट फिल्ममा कमब्याक गरेका थिए । यसमा उनी स्वयंको निर्माण थियो । तर, फिल्म नराम्रोसित डुब्यो । यसपछि उनले न फिल्म बनाउने आँट गरे न त कुनै फिल्ममा अभिनय गरे ।

‘नौं डाँडापारी’ र ‘मंगलसुत्र’ फिल्मका निर्माता मनोज कुमार अधिकारीले १५ वर्षपछि निर्माणमा कमब्याक गरेको फिल्म ‘फिरफिरे फिरिरी’ आगामी कात्तिक २२ गते (छठ पर्व)बाट प्रदर्शनमा आउने भएको छ । सोमबार फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा एक युवतीले हाँकेको स्कुटरलाई तीन युवकले पछाडिबाट तानिरहेको देखिन्छ ।

पौराणिक एक्सन-थ्रिलर कथामा निर्माण हुन लागेको फिल्म ‘डिएनए’को घोषणा टिजर सार्वजनिक गरिएको छ । सोमबार युट्युबमा सार्वजनिक ३ मिनेट २२ सेकेन्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । एक पौराणिक वस्तुमाथि फिल्म केन्द्रित रहने टिजरले प्रस्ट्याउँछ । यही फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्न लागेका सुधन पोखरेल एक्सन अवतारमा देखिएका छन् ।

अभिनेता विराज भट्टको दोस्रो निर्देशकीय फिल्म ‘१२ गाउँ’को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक ‘कसो कसो’ बोलको रोमान्टिक गीतमा फिल्मका मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री सोनू चन्द्रपाल प्रस्तुत छन् । उनीहरूको एकअर्काप्रति आशक्ति, आकर्षण र प्रेमभाव गीतले बोल्छ । समीर विराजका आफ्नै छोरा हुन् भने सोनू भारतीय टीभी सिरिजकी कलाकार हुन् ।

राजकुमार राव र श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री २’ भारतीय बक्स अफिसमा नपत्याउने खोला बनेर निस्किएको छ । प्रदर्शनपूर्व बढीमा २ सय करोडसम्म कमाउन सक्ने आँकलन गरिएको फिल्मले व्यापारमा इतिहास रचेको छ । ‘जवान’देखि ‘पठान’सम्मलाई फिल्मले कमाईमा उछिनेको मात्र छैन, सर्वाधिक कमाउने पहिलो बलिउड फिल्मको कीर्तिमानी समेत बनाउन सफल भएको छ ।