
यस वर्ष भारतीय सेलिब्रेटीहरूको नेपाल आगमन बढेको देखिन्छ । कोही भ्रमणको शिलशिलामा त कोही छायांकनका लागि नेपाल आइरहेका छन् । बैशाखयता नेपाल आउनेमा साउथबाट ज्योतिका सरवनन, प्रदीप रावत, सुनिल वर्मा, कबीर दुहान सिंह, आशिष विद्यार्थी, बलिउडबाट अभिनेता नवाजुद्दीन सिद्दीकी, निर्देशक एवं अभिनेता अनुराग कश्यप, अभिनेत्री तारा सुतरिया लगायत छन् ।

नयाँ पुस्ताका ‘स्टार’ अभिनेता प्रदीप खड्काले कोभिडभन्दा अघि वर्षमा मुश्किलले एउटा फिल्म गर्थे । प्रस्तावको ओइरो हुँदा पनि संख्यात्मक वृद्धिमा जोड दिएनन् । तर, अहिले उनले काम गर्ने शैली पूरै बदलेका छन् । कुनै बेला एउटा फिल्म प्रदर्शन नहुँदासम्म अर्कोमा हत्तपत्त नजोडिने उनीसँग अहिले हातभरि फिल्म छन् । र, एकसाथ दुईवटा फिल्मको छायांकनमा समय दिइरहेका छन् ।

प्रेम सम्बन्ध टुंगिएपछि कलाकारहरूको फिल्ममा सहकार्य त टाढाको कुरा, एकअर्काको नाम समेत सुन्न चाहँदैनन् । तर, अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले भने ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । केही समयअघि फिल्म ‘भाइरल गोर्खे’मा एकसाथ काम गरेका उनीहरूको अब अर्को फिल्ममा पनि सहकार्य निश्चित भएको छ । त्यो फिल्म हो, ‘विनोद’ ।

लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘कल्ली’मा यतिबेला कलाकार भित्रिने श्रृंखला चलिरहेको छ । केही दिनअघि अभिनेता पल शाहलाई हटाएर उनको ठाउँमा सौगात मल्ललाई लिएको निर्माण टिमले फिल्ममा थप तीनजना कलाकार थपेको छ । अभिनेताहरु अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाललाई फिल्ममा अनुबन्धित गरिएको निर्देशक सुनारले जानकारी दिए ।

कुनै बेला नेपाली फिल्म क्षेत्रलाई नै डोर्याएर हिँडेका अभिनेता राजेश हमाल ठूलो पर्दामा नदेखिएको करिब ७ वर्ष भइसकेको छ । उनको पछिल्लो रिलिज फिल्म ‘शकुन्तला’ २०७३ सालमा प्रदर्शन भएको थियो । यसपछि उनले कमब्याकका लागि दुईवटा फिल्म सम्झौता नगरेका होइनन् । तर, ती निर्माण हुन सकेनन् । अब उनले ७ वर्षपछि फिल्म ‘नरसिंहा: अवतार’बाट पुनरागमन गर्दैछन् ।

निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का विवाह बन्धनमा बाँधिएको ९ वर्ष भइसकेको छ । विवाह गर्ने बेला स्वस्तिमा २० वर्षमा भर्खर टेकेकी थिइन् । निश्चल भने पहिलो फिल्म ‘लुट’ बनाउँदाखेरि नै ३० वर्ष लागिसकेका थिए । यसैले निश्चललाई परिवार र आफन्तबाट बिहेको दबाब अलि ज्यादा थियो । जब विवाह भयो, त्यसपछि उनीहरुलाई अर्को दबाब सुरु भएको छ, सन्तानको ।