
स्लिम कसरी हुने भन्ने कुराले अहिले धेरैलाई पिरोल्ने गरेको छ । काम गर्न छिटोछरितो हुने र लुगा लगाउँदा राम्रो देखिने भएकाले स्लिम शरीर बनाउन जिम धाउने बग्रेल्ती छन् । बिहान झिसमिसेमा शहरको चक्कर काट्नेको संख्या पनि कम छैन । स्लिम हुनु भनेको आकर्षक देखिनु मात्र नभइ स्वस्थ्य हुनु पनि हो । यसले शरीरको अतिरिक्त बोसो घटाएर सम्भावित रोगबाट बचाउँछ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुगेको छ । तर, अहिलेसम्म घटनाका दोषी पहिचान हुन सकेको छैन । निर्मलाको हत्यामा संलग्नलाई सजाय हुनुपर्ने माग गर्दै दुई वर्ष अगाडि राजधानीसहित विभिन्न शहरमा सरकारलाई दबाब दिनका लागि आन्दोलन चर्किएको थियो । तर, यो घटनालाई लिएर सरकार गम्भीर नभएपछि आन्दोलन पनि विस्तारै मथ्थर हुँदै गयो ।

बलिउड निर्देशक निशिकान्त कामतको सोमवार हैदराबादको एक अस्पतालमा लिभर सिरोसिसका कारण निधन भएको छ । उनका नजिकका साथी अजय रायका अनुसार, कामतको अन्तिम दाह संस्कार हैदराबादमा नै गरिनेछ । उनको दाह संस्कारमा ४/५ जना साथीको मात्र उपस्थिति रहने बताइएको छ । कामतको परिवारमा विरामी पिता मात्र छन्, जो ९० वर्षका छन् ।

चर्चित अभिनेत्री तथा नाट्यकर्मी शुभद्रा अधिकारीको निधन भएको एक वर्ष भएको छ । उनको पहिलो वार्षिक पुण्य तिथीमा सोमवार फिल्मकर्मीहरुले नेपाली फिल्म क्षेत्रमा उनले पुर्याएको योगदान सम्झँदै सामाजिक सञ्जालबाट श्रद्धाञ्जली अर्पण गरेका छन् । २००३ सालमा काठमाडौंको असनमा जन्मिएकी अभिनेत्री अधिकारीको गत वर्ष ७३ वर्षको उमेरमा निधन भएको थियो ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको न्यायका लागि नेपाली कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सरकारलाई दबाब दिन थालेका छन् । नेपालका शीर्ष नेताको फेसबुकको प्रोफाइलमा फेसबुक प्रयोगकर्ताले निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न थालेको ‘डिजिटल आन्दोलन’ लाई कलाकारहरुले साथ दिएका हुन् ।

कोभिड १९ को संक्रमणले यतिबेला विश्व आक्रान्त छ । अमेरिका जस्तो संसारको शक्तिशाली राष्ट्रले समेत यो संक्रमणको अगाडि घुँडा टेकेको अवस्थामा छ । नेपालले पनि यसबाट ठूलो क्षति बेहोरिसकेको छ । दिन-प्रतिदिन संक्रमितको संख्या बढ्दो छ भने मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ । विना तयारी खोलिएको लकडाउनपछि संक्रमण नियन्त्रणभन्दा बाहिर गएको हो ।

