
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज आज हिन्दू धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसेर पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् । तर, अघिल्ला वर्ष झैं यस वर्ष कोरोना भाइरसको त्रासका कारण तीजको खासै रौनक छैन ।

२ दशकदेखि फिल्म अभिनयमा सक्रिय रहेकी अभिनेत्री रेखा थापाले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । यसपटक हिन्दू नारीहरुले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तीजको दिन उनको जन्मदिन परेको छ । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट मोरङमा जन्मिएकी उनले आफ्नो उमेर गोप्य राख्दै आएकी छन् । विकिपिडिया भने उनको उमेर ३८ वर्ष उल्लेख छ ।

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको बिषयमा जाँच गर्न भारतको सर्वोच्च अदालतले सीबीआइलाई निर्देशन दिएको छ । अदालतको यो फैसलापछि सुशान्तले आत्महत्या गर्नुको वास्तविक कारण बाहिर आउनेमा बलिउडकर्मीहरु विश्वस्त छन् । तर, यो मामलामा केही बलिउड कलाकारहरु भने मौन छन् । उनीहरुमाथि अभिनेत्री कंगना रनावतले फेरि निशाना साँधेकी छन् ।

भोली (शुक्रवार) हिन्दू नारीहरूको महत्त्वपूर्ण चाड- तीज । परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ । तीजको दिन महिलाहरु निराहार व्रत बस्ने गर्दछन् ।

अभिनेत्री पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीचको विवाद अन्ततः टुंगिएको छ । बिहीवार एपी वान टेलिभिजनको कार्यालयमा उनीहरुले भविष्यमा आपसी सद्भाव विग्रन नदिने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र कलाकार संघ, निर्माता संघ, चलचित्र संघलगायत विभिन्न संघ-संस्थाका व्यक्तिहरुको रोहबरमा नायिका र पत्रकारबीचको विवाद समाधान भएको हो ।

तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’ बाट आफूलाई निर्देशकको रुपमा स्थापित गरेका मीनबहादुर भाम गएको २ वर्षदेखि एक फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । फिल्मको नाम ‘चिसो वर्ष’ जुराइएको छ । उनले २० पटक पुनर्लेखन गरेर पटकथालाई अन्तिम रुप दिइसकेका छन् । स्थिति सामान्य भए अर्को वर्षको बैशाखबाट फिल्मको छायांकन सुरु हुनेछ ।

