Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8017 - 8022 of 24025
फिल्मीखबर, काठमाडौं, 2020-09-01, मंगलवार

निखिल उप्रेती, विराज भट्ट, भुवन केसीलगायतका अभिनेताले आफूलाई निर्देशकको रुपमा पनि उभ्याइसकेको अवस्थामा अर्का एक अभिनेताले निर्देशनमा हात हालेका छन् । ‘लंका’, ‘रावण’, ‘उवर्शी’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका किशोर खतिवडाले फिल्म ‘एल हाउस’ को निर्देशन गरेका छन्, जसको केही दिन अगाडि ट्रेलर सार्वजनिक भएको छ । 

एजेन्सी, मुम्बई, 2020-08-31, सोमवार

अभिनेता सुशांत सिंह राजपूतको निधन भएको दुई महिना भइसकेको छ । उनको मृत्यु प्रकरणको जाँच सीबीआईले गरिरहेको छ । एकथरीले बलिउडमा व्याप्त नातावाद र समुहवादका कारण उनले आत्महत्या गरेको बताएका छन् भने अर्काथरीले ड्रग्सको लतमा फसेर उनले आफैंलाई समाप्त पारेको दाबी गरेका छन् । यद्यपि, उनले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-31, सोमवार

अभिनेता अनमोल केसी फिल्म छनौटमा चुजी मानिन्छन् । उनलाई फिल्ममा खेलाउनका लागि निर्माता/निर्देशकले ठूलो मिहेनत गर्नुपर्छ । स्क्रिप्ट र आफ्नो भूमिका चित्त बुझेको खण्डमा मात्र उनी फिल्म गर्नका लागि सहमति जनाउँछन् । स्क्रिप्ट आफूले सोचेको जस्तो तयार नभए उनी साइन गरेका फिल्म छाड्न समेत पछाडि हट्दैनन् । ‘ब्याचलर बन्टी’ र ‘धुपौरे’ यसका उदाहरण हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-31, सोमवार

दशक अगाडि नेपाली फिल्ममा बलियो उपस्थिति जनाएकी अभिनेत्री अरुणिमा लम्साल अमेरिका बस्न थालेको वर्षौं भइसकेको छ । अमेरिका पुगेको केही वर्षपछि श्रीमानसँग डिभोर्स गरेर एकल जीवन विताउँदै आएकी उनको एक छोरी छिन् । लगातार फिल्म असफल हुन थालेपछि भविष्यको चिन्ताले अमेरिका पलायन भएकी उनले त्यसपछि नेपाल फर्किएर फिल्ममा काम गरेकी छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2020-08-31, सोमवार
एजेन्सी, मुम्बई, 2020-08-30, आईतवार

महेश भट्ट निर्देशित फिल्म ‘सडक २’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । फिल्ममा आलिया भट्ट, आदित्य रोय कपूर र सञ्जय दत्त मुख्य भूमिकामा छन् । यो फिल्म घोषणाको समयदेखि चर्चामा थियो । सुशान्त सिंह राजपूतको निधनपछि भने सामाजिक सञ्जालमा यो फिल्म बहिष्कारको माग उठेको थियो । ट्रेलरलाई सर्वाधिक डिसलाइक मिल्नु यसैको उपज हो ।

Results : 8017 - 8022 of 24025
Most Visited News (monthly)