Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7999 - 8004 of 24025
फिल्मीखबर, काठमाण्डौ, 2020-09-06, आईतवार

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’ पछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले करीब ६ महिना कुनै फिल्म साइन गरिनन् । गएको महिना एक नयाँ फिल्मका लागि कागजी सम्झौता गरेकी उनले डेढ वर्ष अगाडि हेमराज विसीको फिल्म पनि साइन गरेकी थिइन् । यसबीच, उनलाई ‘प्रेमगीत’ सिरिज निर्माण कम्पनी आशुसेन फिल्मस्ले फिल्म ‘हुतुतु’ अफर गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-09-06, आईतवार

नेपाली फिल्मका ब्रान्ड निर्देशक हुन्, सुदर्शन थापा । लभस्टोरी फिल्ममा माइलस्टोन सावित भएका ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ जस्तो उम्दा फिल्म दिएर दर्शकको विश्वास जितेका उनी आइतवार आफ्नो जन्मदिन मनाउँदैछन् । ३७ वर्षमा प्रवेश गरेका उनको सेप्टेम्बर ६, १९८३ मा जन्म भएको हो । उनले ‘अझै पनि’ र ‘चंखे शंखे पंखे’ फिल्ममा अभिनय पनि गरेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-06, आईतवार

सयभन्दा बढी फिल्ममा द्वन्द्व कलाकारको रुपमा काम गरेका सुरेश सिंह पुजारीको निधन भएको छ । फिल्म निर्माता समेत रहेका उनको शनिवार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् । घरमा अचानक बेहोस भएर ढलेपछि उनलाई परिवारका सदस्यले अस्पताल लगेका थिए । 

एजेन्सी, अमेरिका, 2020-09-04, शुक्रवार

हलिउडका सबैभन्दा ठूला सुपरहिरोमध्ये एक ‘ब्याटम्यान’ कोरोनाको शिकार भएका छन् । फिल्म ‘ब्याटम्यान’ का अभिनेता रोबर्ट प्याटिनसनलाई कोरोना संक्रमण भएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि ‘ब्याटम्यान’ फिल्मको छायांकन स्थगित भएको छ भने प्रदर्शन मिति पनि पछाडि धकेलिएको छ । यो फिल्मको केही हप्तायता लण्डनमा छायांकन भइरहेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-04, शुक्रवार

गत वर्षको फागुन दोस्रो साता अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनेपछि बैबाहिक जीवनमा बाँधिएका उनीहरु हनिमुन मनाउन निस्कने तयारी गरिरहँदा कोरोनाका कारण देश लकडाउन भयो । यसपछि उनीहरु घरभित्रै बसेर एकअर्कासँग समय विताइरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-04, शुक्रवार

‘स्टार किड्स’ सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । आमा झरना थापाले निर्देशन गरेको फिल्मबाट अभिनय करिअर थालनी गरेकी उनले पहिलो फिल्मबाटै सफलताको सुख प्राप्त गरिन् । फिल्ममा उनको अभिनय पनि निकै रुचाइयो । डेब्यू फिल्मबाटै उनले डि सिने अवार्ड र कामना अवार्डमा नव अभिनेत्रीको अवार्ड समेत उचाल्न सफल भइन् ।

Results : 7999 - 8004 of 24025
Most Visited News (monthly)