
कोरोना भाइरसबाट बच्न सरकारले लकडाउनको घोषणा गरेपछि नेपाली फिल्मको छायांकन र प्रदर्शन पूर्ण रुपमा प्रभावित भएका छन् । गएको तीन महिनाको अवधिमा करोडौंको घाटा बेहोरिसकेको फिल्म क्षेत्र अझै कहिलेसम्म डाउनको अवस्थामा रहन्छ, अत्तोपत्तो छैन । लकडाउन खुलेको लामो समयसम्म पनि फिल्म क्षेत्रमा पहिलेको जस्तो चहलपहल हुने सम्भावना न्यून छ ।

दुई वर्ष अगाडि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को सक्सेस पार्टीमा घोषणा गरिएको फिल्म हो, ‘आइ एम ट्वान्टी वान’ । तर, यो फिल्मको अहिलेसम्म छायांकन सुरु हुन सकेको छैन । फिल्मका लागि लिड अभिनेतामा धिरज मगर र अभिनेत्रीमा जसिता गुरुङ अनुबन्ध भएकै एक वर्षभन्दा बढी भइसकेको छ । फिल्मका लागि उनीहरु गएको ६ महिनादेखि वर्कसप पनि गरिरहेका छन् ।

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि नेपाली फिल्म क्षेत्रमा करीब एक साता नेपोटिज्म र ग्रुपिज्मको बहसले स्थान पायो । यसपछि अभिनेता पल शाहले पारिश्रमिकको मुद्धा उठाए । उनले फिल्ममा काम गरेको पारिश्रमिक निर्माताले विभिन्न बहाना बनाएर वर्षौंसम्म झुलाउने गरेको गुनासो पोखेपछि यो विषयमा अन्य कलाकारहरुले पनि आफ्नो भनाई राखिरहेका छन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले शुक्रवार आफ्नो इन्स्टाग्राममा शेयर गरेको एक भिडियोले यतिबेला फिल्म क्षेत्र तातेको छ । उक्त भिडियोमा उनले ५ वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताउँदै केही फिल्मको सुटिङ सेटमा खाना र पानी उपलब्ध गराउन आग्रह गर्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पोखेकी छन् ।

अभिनेता अभिषेक बच्चन अहिले आफ्नो नयाँ वेब सिरिज ‘ब्रिद इन्टू द स्याडोज’ का कारण चर्चामा छन् । यसबीच, उनले एक ठूलो खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा आफूले इन्टिमेट सिनका कारण कयैन् फिल्म गुमाएको बताएका छन् । छोरी आराध्याको जन्मपछि धेरै कुरा बदलिएको र अब आफू छोरीलाई असहज महशुस हुने गरि कुनै सिन नगर्ने उनको भनाई छ ।

निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काको मित्रतालाई नेपाली फिल्म क्षेत्रमा उदाहरणको रुपमा लिने गरिन्छ । यहाँ एउटा फिल्ममा काम गरेपछि प्रायः निर्माता र कलाकारबीच मनमुटाव सुरु हुन्छ । तर, फिल्म ‘प्रेमगीत’ बाट गाँसिएको सन्तोष र प्रदीपको व्यावसायिक सम्बन्धमा आजसम्म कुनै समस्या आएको छैन । उनीहरुको सम्बन्ध एकअर्काप्रतिको विश्वासमा टिकेको छ ।

