Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7993 - 7998 of 24025
फिल्मीखबर, काठमाडौं, 2020-09-08, मंगलवार

भारतमा कोरोना भाइरसको प्रकोप फैलिएपछि रोजगारीको शिलशिलामा रहेका हजारौं नेपाली रोगको भयले देश फर्किए । यो समय परिवारसँग विताउने सपना बुनेर स्वदेश फर्किएकाहरु अहिले धमाधम भारत पस्दैछन् । विकल्पहीन शैलीमा गरिएको लकडाउनले दैनिक गुजरा चलाउन पनि समस्या भएपछि उनीहरु रोजगारीका लागि बाध्यताबस् भारत फर्किन थालेका हुन् ।

एजेन्सी, मुम्बई, 2020-09-07, सोमवार

क्यान्सरसँग जुधिरहेका बलिउड अभिनेता सञ्जय दत्त सोमवारबाट अभिनेता रणवीर कपूरसँग फिल्म ‘शमशेरा’ को छायांकनमा फर्किएका छन् । सञ्जयका नजिकका साथीले भारतीय मिडियालाई यो कुराको जानकारी दिएका हुन् । उनले हालै एक थेरापी सेसन लिएका थिए र उनी क्रमश रिकभर हुँदै गएका छन् । अहिले उनी कोकिलाबेन अस्पतालका डाक्टरको सम्पर्कमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-09-07, सोमवार
फिल्मीखबर, काठमाण्डौ, 2020-09-07, सोमवार

विगत चार वर्षदेखि अभिनेताको रुपमा आफूलाई स्थापित गर्न संघर्षरत छन्, शारुक ताम्राकार । अग्लो कद, आकर्षक शरीर, चकलेटी लुक्सका कारण परम्परागत हिरोको मानकभित्र अटाउने उनले फिल्म ‘रानी’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए । फिल्म रिलिज अगाडि लुक्सका कारण चर्चामा रहेका उनलाई कतिपयले सम्भावना बोकेको अभिनताको रुपमा पनि हेरेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-07, सोमवार

अभिनयमा पारंगत मानिने अभिनेता नाजिर हुसेन सोमवार आफ्नो ३०औं जन्मदिन मनाउँदैछिन् । २०४७ साल भाद्र २२ गते सिमरामा सामान्य परिवारमा जन्मिएका उनले सन् २०१५ मा आएको ‘होस्टेल रिर्टन्स’ बाट फिल्म करिअर सुरु गरेका थिए । यसमा उनले मधेशी युवकको भूमिकामा जीवन्त अभिनय गरेका थिए । यो फिल्मपछि उनले आफ्नो करिअर फर्केर हेर्नुपरेको छैन ।

एजेन्सी, मुम्बई, 2020-09-06, आईतवार

बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार उनी स्वयंमले सामाजिक सञ्जालमार्फत् यो कुराको जानकारी दिएका हुन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘म ठीक छु र मेरो लक्षण एसिम्प्टोम्याटिक हो । मैले घरमा आफैंलाई क्वारेन्टाइन गरेको छु । म आफ्नो हेल्थ अपडेट दिँदै गर्नेछु ।’ उनको कोरोना परीक्षणको रिपोर्ट आइतवार मात्र आएको हो ।

Results : 7993 - 7998 of 24025
Most Visited News (monthly)