Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7981 - 7986 of 24025
फिल्मीखबर, काठमाण्डौ, 2020-09-10, बिहिवार

पछिल्लो समय म्यूजिक भिडियोमा कथा भन्न थालिएको छ । गीतको मर्म अनुसार कथा बुनेर भिडियोहरु निर्माण भइरहेका छन् । कुशल अभिनेताको रुपमा आफूलाई स्थापित गरिसकेका गौरव पहारी म्यूजिक भिडियोमा कथा भन्ने शैलीको विकास भएकोमा खुसी व्यक्त गर्छन् । उनी आफूलाई नाच्नमा समस्या हुने भएकाले कथा बुनिएको भिडियोमा काम गर्न मन लाग्ने बताउँछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-10, बिहिवार

कोरोनाका कारण ६ महिनादेखि फिल्म क्षेत्रले विश्राम लिएको छ । फिल्म निर्माणदेखि प्रदर्शनसम्म रोकिँदा कलाकारहरु फुर्सदिला भएका छन् । लकडाउन अन्त्य भएपछि म्यूजिक भिडियो र फिल्मको वर्कसपमा व्यस्त भएका कलाकारहरु निषेधाज्ञापछि पुनः घरभित्रै थुनिएका छन् । लामो समयदेखि घरको चारकुनामा सीमित हुँदा उनीहरुलाई अभिनयको तलतल लाग्न थालेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-10, बिहिवार

पर्दामा लभर ब्वाईको भूमिकामा निकै रुचाइएका चकलेटी अभिनेता जीवन लुईंटेल बिहीवार आफ्नो ३९औं जन्मदिन मनाउँदैछन् । २०३८ साल भाद्र २५ गते मोरङ जिल्लाको विराटनगर बजारमा जन्मिएका उनी केही वर्षयता परिवारसहित अमेरिकामा बस्दै आएका छन् । फिल्मकर्मी तथा दर्शकहरुले उनलाई सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-10, बिहिवार

निर्देशक तथा स्क्रिप्ट राइटर छेतन गुरुङको अन्त्येष्टि गरिएको छ । मंगलवार काठमाडौंको मेट्रो अस्पतालमा निधन भएका उनको बिहीवार स्वयम्भुस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । तीन दिन अगाडि कलेजोमा समस्यामा देखिएपछि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

एजेन्सी, मुम्बई, 2020-09-09, बुधवार

अभिनेत्री कंगना रनावत मुम्बई पुग्नुभन्दा अगाडि नै मुम्बई नगर निगम (बीएमसी) ले उनको अफिसमा डोजर चलाएको छ । उनको मुम्बईस्थित अफिसमा अवैध निर्माणलाई लिएर बीएमसीले २४ घण्टामा दोस्रो नोटिस पठाएको थियो । यसको केही घण्टामा बीएमसीको एक टिमले डोजर र क्रेनसहित अफिस तोडफोड गरेको छ । कंगनाको अफिस बान्द्राको पाली हिलमा अवस्थित छ ।

फिल्मीखबर, काठमाडौं, 2020-09-09, बुधवार

कोभिड १९ का कारण देश लकडाउन भएपछि फिल्ममा प्राविधिकको रुपमा काम गर्ने हजारौंको रोजीरोटी गुम्यो । उनीहरुलाई दैनिक गुजरा चलाउन पनि सकस भएपछि अभिनेता पल शाहले पाँच लाख बराबरको खाद्यन्न सहयोग गरे । लकडाउन खुकुलो भएपछि म्यूजिक भिडियोको छायांकनमा व्यस्त भएका उनी अहिले बाढी-पहिरो पीडितलाई सहयोग गर्न अगाडि सरेका छन् ।

Results : 7981 - 7986 of 24025
Most Visited News (monthly)