
सेलिब्रेटीको प्रेम चर्चा चल्नुलाई सामान्य रुपमा लिइन्छ । पब्लिक फिगर भएका कारण उनीहरु कसैसँग नजिक छन् भने पनि मिडियामा प्रेमको खबर छापिन्छ । यसमा कति सत्यता हुन्छ त कति निराधार । नेपाली कलाकारको प्रेम सम्बन्धको चर्चाले बेला बखतमा फिल्म क्षेत्र गर्माउने गरेको छ । विशेषगरि फिल्म प्रदर्शन हुने समयमा कलाकारको प्रेम सम्बन्धको चर्चा चल्ने गर्दछ ।

कोरोनाको त्रास बढेसँगै सरकारले लकडाउन घोषणा गरेपछि ठप्प रहेको फिल्म क्षेत्रमा अब भने चहलपहल सुरु हुन थालेको छ । सरकारले फिल्म निर्माणको अनुमति नदिए पनि निर्माताहरु कोरोना महामारीपछि छायांकन सुरु गर्ने गरी नयाँ फिल्मको घोषणा गरिरहेका छन् । झण्डै ७ महिना कामविहीन भएर बसेका कलाकारहरुले पनि अहिले धमाधम फिल्म साइन गरिरहेका छन् ।

‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीको निर्देशनमा बन्न लागेको फिल्म ‘सत्यम’ को घोषणा गरिएको छ । छायांकन अनुमति पाएपछि फ्लोरमा जाने फिल्मलाई रेशम सापकोटाले निर्माण गर्दैछन् ।

कोभिड १९ को संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गर्नुभन्दा अगावैदेखि नेपाली फिल्म क्षेत्रमा गतिविधि शून्य भएका थिए । कोरोनाका कारण निर्माण सम्पन्न भएका फिल्म प्रदर्शन हुन पाएका छैनन् भने कति फिल्मको छायांकन अधुरैमा रोकिएको छ । अहिले फिल्मकर्मी पर्ख र हेरको अवस्थामा छन् । स्थिति सामान्य नहुँदासम्म फिल्म क्षेत्र चलायमान हुने देखिन्न ।

कोरोना भाइरसका कारण फिल्म निर्माण र प्रदर्शन रोकिएको ६ महिनाभन्दा बढी भइसकेको छ । सरकारले अन्य क्षेत्र सञ्चालनको अनुमति दिए पनि फिल्म क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । कोरोनाको संक्रमण थप भयावह भइरहेको अवस्थामा दशैंअघि फिल्म निर्माण र प्रदर्शन हुने सम्भावना टर्दै गएको छ । दशैंपछि फिल्म क्षेत्र पुरानै अवस्थामा फर्किनेमा धेरै आशावादी छन् ।


