
कुनै समय नेपाली फिल्ममा एकलौटी राज गरेकी अभिनेत्री निरुता सिंह शनिवार आफ्नो ४८औं जन्मदिन मनाउँदैछिन् । सन् १९७२ सेप्टेम्बर २६ तारिखका दिन भारतको, दार्जिलिङमा जन्मिएकी उनले तुलसी घिमिरे निर्देशित फिल्म ‘दक्षिणा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । पहिलो फिल्म नै बक्सअफिसमा सफल भएपछि उनी सर्वाधिक डिमान्डेड अभिनेत्री बनेकी थिइन् ।

नेपाली फिल्मका छायाँकार जावेद शाहको निधन भएको छ । उनको बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित आफ्नै निवासमा निधन भएको हो । ७० वर्षको उमेरमा हृदयघातका कारण निधन भएका उनको विहीवार मुश्लिम परम्परा अनुसार अन्तिम दाह संस्कार भइसकेको छ । उनको निधनको खबर भने शुक्रवार मात्र बाहिरिएको हो । छायाँकार शाहको श्रीमती र दुई छोरा छन् ।

अभिनेता शाहिद कपूर अहिले करिअरको उत्कर्षमा छन् । फिल्म ‘कबीर सिंह’ ब्लकबस्टर भएपछि उनलाई ठूला ब्यानरबाट फिल्म अफर भइरहेको छ । हरेक ठूला निर्देशकले उनलाई आफ्नो फिल्ममा लिन चाहेका छन् । ‘कबीर सिंह’ को सफलतापछि उनले आफ्नो पारिश्रमिक पनि दोब्बर बढाएका छन् । कोरोना महामारीभन्दा अगाडि उनी ‘जर्सी’ को हिन्दी रिमेकमा व्यस्त थिए ।

कोरोनाका कारण जारी लकडाउनको समयमा सबैभन्दा धेरै कमाई गर्ने नेपाली कलाकार को होला ? जो कोहीले यसको जवाफ फ्याट्ट दिन सक्छन्- पल शाह । लकडाउन खुकुलो भएपछि उनले म्यूजिक भिडियोबाट लाखौं छापे । फिल्म र म्यूजिक भिडियोमा राम्रो माग भएका उनले लकडाउन भएयता दुई दर्जन बढी भिडियोमा अभिनय गरेका छन्, जुन यूट्युबमा रुचाइएका पनि छन् ।

नेपाली फिल्म क्षेत्र सुनसान भएको ७ महिना भइसकेको छ । सम्भवतः यति लामो समय फिल्म क्षेत्रले कहिल्यै विश्राम लिएको थिएन । २०७२ सालको भूकम्पपछि मुश्किलले तंग्रिएको फिल्म क्षेत्रलाई यतिबेला कोरोनाको महामारीले थिलथिलो बनाएको छ । संक्रमणको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले सरकारले फिल्म निर्माण र प्रदर्शनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।

कोरोनाको भयका कारण करीब ५ महिना देश लकडाउन हुँदा एक्सन कटमा रमाउने बानी परेका कलाकारको दैनिकी घरको चारकुनाभित्र सीमित रह्यो । पहिलो पटक यति लामो समय घरमा बस्नु पर्दा उनीहरुलाई छट्पटी भएको थियो । लकडाउन खुकुलो भएपछि भने केहीले विज्ञापन र म्यूजिक भिडियोमा काम गरे । धेरैलाई अब घरभित्रै दिनचर्या विताउनु पर्दैन भन्ने लागेको थियो ।

