
मल्टीस्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सार्वजनिक भएको ‘हलाल’ बोलको आइटम गीतमा अभिनेत्री सुष्मा कार्कीले नृत्य गरेकी छन् । भिडियोमा उनी बोल्ड अवतारमा प्रस्तुत छिन् । गीतमा मिना निरौलाको स्वर, बी.बी थापाको शब्द र किशोर थापाको संगीत छ । भिडियोमा फिल्मका केही एक्सन दृश्य पनि समावेश गरिएको छ ।

कोरोनाका कारण ९ महिनादेखि बन्द रहेका सिनेमा हल शुक्रवारबाट सञ्चालनमा आएका छन् । केही सिनेमा हल प्राविधिक कारणले सञ्चालन हुन नसके पनि प्रायः हलले एक जना दर्शकलाई पनि फिल्म देखाएका छन् । निर्माताहरुले नयाँ फिल्म प्रदर्शन गर्ने जोखिम नउठाउँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाएर दर्शकलाई सिनेमा हलसम्म आउने वातावरण तयार गर्दैछन् ।

निर्देशक, निर्माता तथा कलाकार पुरन थापाले आफ्नो जन्मदिनको अवसरमा नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । ‘पिरिम पर्या छन्’, ‘कान्छी मट्याङ ट्याङ’, ‘फेरि–फेरि’ लगायतका फिल्मसँगै थुप्रै टेलिसिरियलको निर्देशन गरिसकेका उनले कमेडी जनरामा निर्माण हुने फिल्म ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन् । फिल्मको छायांकन माघ तेश्रो साताबाट सुरु हुने बताइएको छ ।

अहिलेका हटकेक अभिनेता प्रदीप खड्का कोरोना महामारीभन्दा अगाडि फिल्म ‘प्रेमगीत ३’ छायांकनमा व्यस्त थिए । फिल्मको प्रदर्शन मिति चैत अन्तिमलाई घोषणा गरिएको थियो । यसका लागि उनी प्रचार-प्रसारमा दौडिन तयारी अवस्थामा थिए । तर, सरकारले कोरोनाको संक्रमण फैलिन नदिन देश लकडाउन गरेपछि फिल्मको प्रदर्शन अनिश्चितकालका लागि रोकिएको छ ।

कोरोनाका कारण ९ महिनासम्म बन्द रहेको सिनेमा हल शुक्रवारबाट सञ्चालनमा आएका छन् । सरकारले सिनेमा हल खोल्न कुनै चासो नदेखाउँदा हल व्यावसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले पुष १० गतेबाट सरकारलाई दबाब स्वरुप एकतर्फी रुपमा सिनेमा हल खोलेको हो । शुक्रवारबाट सिंगल र मल्टीप्लेक्समा दुई नेपाली र दुई हलिउड फिल्म प्रदर्शनमा आएका छन् ।

फिल्म ‘शकिला’ मा सुपरस्टारको भूमिका निर्वाह गरेका अभिनेता पंकज त्रिपाठीले ९० को दशकपछि सुपरस्टारको युग फिक्का हुन थालेको बताएका छन् । उनले आईएएनएससँग भनेका छन्, ‘नब्बेको दशकको नायक वास्तवमा सुपरस्टार हुन्थे । त्यसपछि सुपरस्टारको युग फिक्का हुन थालेको थियो । त्यसबेला नायक केवल स्क्रिनमा नभइ वास्तविक जिन्दगीमा हिरो जस्तो हुन्थे ।’

