
कोभिड १९ का कारण विगत आठ महिनादेखि फिल्म क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका कारण छैनन् । सिनेमा हल बन्द हुँदा निर्माण सम्पन्न भएका फिल्म प्रदर्शनमा आउन सकेका छैनन् । हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच हानाथाप हुन्थ्यो । यसपाली कोरोनाका कारण दशैंमा कुनै फिल्म रिलिज भएनन् । आउँदै गरेको तिहारमा पनि यही अवस्था रहने निश्चित छ ।

नेपालमा ‘मित्रता’ को कुरा गर्दा हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई उदाहरणका रुपमा लिइन्छ । कलाकारिताको लामो यात्रा एकसाथ तय गरेका उनीहरुको व्यक्तिगत र व्यावसायिक सम्बन्धमा आजसम्म दरार आएको छैन । चार दशकदेखि एकअर्काका पर्याय बनेका उनीहरुले कयैन् हास्यसिरियलसँगै नेपाली फिल्ममा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् ।

पछिल्लो केही वर्षयता नेपाली फिल्म क्षेत्रमा मुनाफा कमाएका फिल्मको सिक्वेल निर्माणमा बाढी आएको छ । नयाँ नाममा निर्माण भएका फिल्मभन्दा सिक्वेलप्रति दर्शकको चासो रहने र लगानी उठाउन सहज हुने सोचाइका कारण निर्माताहरु यसतर्फ आकर्षित भएको पाइन्छ । नेपाली फिल्मका बाघ निर्माताको रुपमा चिनिएका छविराज ओझा समेत सिक्वेल मोहबाट टाढा छैनन् ।

डेनियल क्रेग स्टारर जेम्स बोन्ड सिरिजको फिल्म ‘नो टाइम टू डाई’ कोरोनाका कारण प्रदर्शनमा आउन सकेको छैन । यो फिल्म अप्रिल २०२० मा रिलिज हुँदै थियो । तर, कोरोनाको डरले फिल्मको रिलिज अप्रिल २०२१ पुर्याइएको छ । कोरोनाका कारण हलमा रिलिज हुन नपाएको यो फिल्म ओटीटीमा रिलिज हुने चर्चा पनि चलिरहेको छ । तर, अहिलेसम्म यसको पुष्टि भएको छैन ।

सोमवारबाट ५५ वर्षमा प्रवेश गरेका बलिउड अभिनेता शाहरुख खानले ९० को दशकको आफ्नो करिअर सुरु गरेका थिए । त्यसबेला बलिउडमा केही यस्ता फिल्म बनिरहेका थिए, जुन चलेका कलाकारहरुले साइन गरिरहेका थिएनन् । उनीहरुले छाडेको फिल्ममा नयाँ कलाकारले काम गर्ने अवसर पाउँदथे । यिनै छाडेका फिल्म गरेर सुपरस्टार बनेका हुन्, शाहरुख खान ।

विजनेशका कारण अफर भएका फिल्म नगर्दा धेरै फिल्मकर्मी आफूसँग रिसाएको उनी बताउँछन् । ‘विजनेश गर्ने चक्करमा मोबाइल नै बन्द गरेर राखेँ । अफर आएका फिल्म पनि गरिनँ । त्यसैले मसँग धेरै रिसाउनु भएको छ । अब दुईवटै विजनेश राम्रो चलेकाले फिल्मलाई समय दिने सोचेको छु,’ सविनले भने ।

