
नेपालमा भयावह रुपमा फैलिएको कोरोनाको संक्रमणबाट नेपाली फिल्मकर्मीहरु पनि अछुतो रहन सकेका छैनन् । अहिलेसम्म एक दर्जन बढी फिल्मकर्मी कोरोनाबाट संक्रमित भइसकेका छन् । केहीले कोरोनालाई पराजित गरेका छन् भने कोही होम आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । कोरोनाबाट छायाँकार बैकुण्ठमान मास्केको निधन समेत भइसकेको छ ।

निर्देशक, निर्माता तथा छायाँकार दीपेन्द्र के. खनाललाई पितृशोक परेको छ । उनका पिता श्याम कुमार खनालको ६६ वर्षको उमेरमा निधन भएको हो । खनालको उपचारको क्रममा निधन भएको वितरक तथा निर्माता करण श्रेष्ठले जानकारी दिए । निर्देशक खनालका पिताको निमोनियाका कारण बुधवार मनमोहन अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र एक छोरी छन् ।

बाल्यकालदेखि अभिनयमा सक्रिय रहेकी अभिनेत्री नीता ढुंगानाले दुई दशक लामो फिल्म करिअरमा आशातित सफलता हासिल गर्न सकेकी छैनन् । ‘६ एकान ६’ बाहेक उनी सोलो अभिनेत्री रहेका फिल्म व्यावसायिक रुपमा असफल छन् । यद्यपि, उनको अभिनयको भने चर्चा हुने गरेको छ । राष्ट्रिय पुरस्कार समेत जितिसकेकी उनी लकडाउनपछि धर्मकर्ममा सक्रिय देखिएकी छन् ।

विगत ८ महिनादेखि सुनसान रहेको फिल्म क्षेत्र विस्तारै चलमलाउन थालेको छ । कोरोनाका कारण सिनेमा हल बन्द भए पनि केही फिल्मको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छायांकन भइरहेको छ । यद्यपि, सरकारले फिल्म छायांकनको अनुमति भने दिएको छैन । आठ महिनादेखि कामविहीन भएका फिल्मकर्मीलाई फिल्म निर्माण हुन थालेपछि केही हदसम्म राहत मिलेको छ ।

दीपक ओलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कृष्ण लीला’ मा अभिनेत्री परिवर्तन भएको छ । ‘लीला’ को भूमिकामा अनुबन्ध भएकी अभिनेत्री दीपिका प्रसाईंले स्वास्थ्यको कारण देखाउँदै फिल्मबाट हात झिकेपछि उनको ठाउँमा श्रद्धा क्षेत्री भित्रिएकी छन् । थाइराट र माइग्रेसनको समस्याले पीडित भएका कारण दीपिकाले फिल्म गर्न नसकेको निर्माता रत्न श्रेष्ठले जानकारी दिए ।

‘बाहुबली’ जस्तो सफल फिल्मका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ विवादमा तानिएको छ । केही दिन अगाडि निर्माण टिमले अभिनेता जूनियर एनटीआरको लुक्स सार्वजनिक गरेको थियो । यसपछि तेलंगाना भाजपा अध्यक्ष बी सञ्जयले निर्देशक राजामौलीलाई हिन्दू भावनामा चोट पुर्याएको भन्दै यसको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएका छन् ।
