
अजय देवगनले पछिल्लो पटक अमिताभ बच्चनसँग ८ वर्ष अगाडि प्रकाश झाको फिल्म ‘सत्याग्रह’ मा काम गरेका थिए । अब अजयले नयाँ फिल्ममा अमिताभलाई निर्देशन गर्ने भएका छन् । फिल्म ‘मेडे’ मा उनीहरुबीच सहकार्य भएको हो । हैदराबादमा डिसेम्बरबाट छायांकन सुरु हुने फिल्ममा अजयको पनि अभिनय रहनेछ । उनले पाइलटको भूमिका निर्वाह गर्नेछन् ।

अभिनेत्री दीपिका प्रसाईंको डेब्यू फिल्म ‘ऐश्वर्य’ हो । यसमा उनले आफूभन्दा झण्डै आधा उमेर जेठा अभिनेता रमेश उप्रेतीसँग रोमान्स गरेकी थिइन् । फिल्ममा समावेश ‘तिमी रोएको पल’ गीत सार्वजनिक भएपछि फिल्म क्षेत्रमा उनको सुन्दरताको चर्चा हुन थालेको थियो । फिल्म प्रदर्शन भएपछि उनको अभिनयको पनि वाहवाही भयो । फिल्मले पनि हलमा सुखद व्यापार गर्यो ।

निर्देशक संगीता श्रेष्ठको शर्ट फिल्म ‘आइसक्रिम’ ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा दुई विधामा अवार्ड जितेको छ । शनिबार घोषणा भएको अवार्ड समारोहमा फिल्मले उत्कृष्ट बाल कलाकार र सम्पादन गरी दुई विधामा अवार्ड जितेको निर्देशक श्रेष्ठले जानकारी दिइन् । नोभेम्बर ३ देखि ८ सम्म आयोजना भएको फेस्टिभलको पहिलो दिन नै यो फिल्म स्क्रिनिङ भएको थियो ।

अभिनेत्री तनुश्री दत्ताले यौन उत्पीडनको आरोप लगाएपछि दुई वर्षसम्म अभिनेता नाना पाटेकरले कुनै फिल्म गरेनन् । अब भने उनी काममा फर्किएका छन् । उनी चाँडै फिरोज नाडियाडवालाको एक वेब सिरिजमा देखिनेछन् । उनी काममा फर्किएपछि तनुश्रीले आक्रोश पोखेकी छन् । आफ्नो लडाईंमा साथ दिनुको सट्टा नाना पाटेकरलाई निर्माताले सपोर्ट गरेको उनको गुनासो छ ।

छोटो अवधिको भिडियो सेयर गर्न मिल्ने टिकटकले संसारमा धेरैलाई सेलिब्रेटी बनाएको छ । नेपालमा पनि टिकटकबाट सेलिब्रेटीको स्थान हासिल गर्ने कयौं छन् । इन्टरनेटको पहुँच बढेसँगै अहिले टिकटकमा झुम्मिनेको जमात बढेको छ । टिकटकमा भाइरल भएपछि म्यूजिक भिडियो र फिल्मबाट अफर आउने सोचाइले यसतर्फ युवापुस्ताको आकर्षण झन् बढेको पाइन्छ ।

अहिले देशमा कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ । दैनिक हजारौंको संख्यामा संक्रमित हुने गरेका छन् भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । कोरोनाबाट आमनागरिकका साथै नेपाली कलाकारहरु पनि अछुतो छैनन् । हालसम्म एक दर्जन बढी कलाकारलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । कतिले कोरोनालाई जितेका छन् भने कति स्वास्थ्य लाभ गरिरहेका छन् ।

