Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 787 - 792 of 23511
फिल्मीखबर, काठमाडौं, २०८२ आषाढ ८, आईतवार

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘सतीदेवी’ व्यावसायिक रुपमा सफल हुन नसकेको भए पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको थियो । यही कारण हल रिलिजपछि विभिन्न संघ-संस्थाहरुले फिल्मको विशेष शो आयोजना गरिरहेका छन् । यसैबीच, शनिबार सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली नारी सम्मान-०८२’ समारोहमा पनि फिल्म देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ आषाढ ८, आईतवार

फिल्म ‘प्रेमगीत ३’बाट डेब्यु गरेका अभिनेता हुन्, मनिष राउत । तर, यो फिल्म सफल भए पनि उनी चर्चामा आउन सकेनन् । यसपछि उनले आफ्नै निर्देशनमा ‘शमशेर’ बनाउने घोषणा गरेका थिए । तर, यो फिल्म बन्नै सकेन । निर्देशक बन्ने सपना पूरा नभए पनि उनले एसोसिएट निर्देशक (निर्देशकको सहायक) भएर फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरु’मा काम गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८२ आषाढ ८, आईतवार

गत शुक्रबार फिल्म ‘माग्ने राजा’को पोस्टर सार्वजनिक कार्यक्रममा अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’को पारिश्रमिकबारे निर्माताले खुलासा गरेपछि त्यसले फिल्म क्षेत्रमा नै तरंग ल्याएको छ । उनलाई फिल्मका लागि ६१ लाख पारिश्रमिक दिएको निर्माता मुनाल घिमिरेको दाबी छ । तर, यही फिल्ममा केदारको जोडी भएर काम गरेकी अभिनेत्री वर्षा सिवाकोटीको पारिश्रमिक भने खुलाइएन ।

फिल्मीखबर, काठमाडौं, २०८२ आषाढ ७, शनिवार

कुनै समय गोविन्दा बलिउडका ‘नम्बर वान’ हिरो थिए । उनलाई बक्स अफिसको ‘हिट मेसिन’ नै भनिन्थ्यो । आफ्नो करिअरमा एकसेएक सुपरहिट फिल्म दिएका उनलाई केही वर्षयता भने काम मिल्नै छाडेको छ । उनी फिल्ममा नदेखिएकै ६ वर्ष भइसकेको छ । फिल्म पाउन छाडेपछि अचेल उनी मेला-महोत्सवमा बढी हिँडिरहेका छन् । अहिले यही उनको आम्दानीको स्रोत बनेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८२ आषाढ ६, शुक्रवार

नेपाली फिल्म क्षेत्रमा कलाकारको पारिश्रमिकको चर्चा बेला बखतमा ठूलै हुने गर्छ । गत वर्षसम्म यो चर्चा अनमोल केसीका कारण हुन्थ्यो । किनकि, सबैभन्दा महंगो पारिश्रमिक उनैले बुझ्थे । एउटा फिल्ममा ५० लाख पारिश्रमिक लिने उनी नै पहिलो अभिनेता हुन् । तर, अब सर्वाधिक पारिश्रमिक लिने होडमा हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ सबैभन्दा अगाडि आएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८२ आषाढ ६, शुक्रवार
Results : 787 - 792 of 23511