
‘जात्रा’ श्रृंखलाको निर्माता कम्पनी षट्कोण आर्ट्सले निर्माण गर्न लागेको नयाँ फिल्म ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिने भएकी छन् । मंगलबार निर्माण पक्षले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनको प्रवेशबारे जानकारी गराएको हो ।

केही महिनाअघि निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले अभिनेता पल शाहसँग भेट गरेको एक तस्वीर बाहिरिएपछि फिल्म ‘ए मेरो हजुर ५’मा उनीहरूबीच सहकार्य हुन लागेको चर्चा चलेको थियो । तर, अब कथामा नयाँ ट्वीस्ट आएको छ । उक्त फिल्ममा पल नभइ अभिनेता अनमोल केसी भित्रिएका छन् । सोमबार साँझ निर्माता थापाले उनीसँग लिखित सम्झौता गरेका हुन् ।

फरक धारको कथा, स्तरीय भिजुअल इफेक्ट्स (भीएफएक्स) र सशक्त एक्सनमा फिल्म ‘महाकाव्य’ निर्माण हुने भएको छ । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्मको निर्माण घोषणा गरियो । पोस्टरमा दुई धारिलो भालाबीचको टकरावको दृश्य देख्न सकिन्छ । जसमध्ये एउटा भालामा आगो बलिरहेको छ । यसले युद्धको कथामा फिल्म बन्न लागेको संकेत गर्छ ।

कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको भन्दै अभिनेता अनमोल केसीसहित फिल्म ‘फर्की फर्की’ टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका छन् । उनले सोमबार वारेसमार्फत फिल्मको टिमलाई कारवाहीको माग गर्दै मुद्धा हालेका हुन् ।

एकता पौडेलको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘हर्ष’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार युट्युबमार्फत टाइटल भिडियो सार्वजनिक गर्दै आगामी मंसिर १२ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी गराइएको हो ।

अभिनेता विपिन कार्कीको करिअर उचारचढावपूर्ण छ । उनका कुनै फिल्मले लोभलाग्दो सफलता पाएका छन् भने धेरैजसो बक्स अफिसमा नराम्रोसँग पिटिएका छन् । गत वर्ष मात्र उनका ठूला बजेटका दुई फिल्म ‘तेल भिसा’ र ‘कर्मा’ असफल भए । ‘कर्मा’ले त उनलाई दिइएको पारिश्रमिक समेत उठाएन । यी दुई फिल्मको असफलतापछि उनीबाट निर्माताहरू तर्किन थालिसकेका थिए ।

