Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7663 - 7668 of 24295
फिल्मीखबर, काठमाण्डौ, 2021-02-22, सोमवार

आउँदो नयाँ वर्ष २०७८ को छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनीत फिल्म ‘मनसँग मन’ को सम्पूर्ण छायांकन सकिएको छ । कालिञ्चोकमा एक रोमान्टिक गीत खिच्दै फिल्मको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । ‘सही दिउँला तिम्रो लागि’ बोलको गीत कालिञ्चोकमा खिचिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-22, सोमवार

‘लभ डायरीज’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेत भित्रिएका छन् । स्क्रिप्टमा लामो छलफलपछि सोमवार उनले फिल्म साइन गरेका हुन् । सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको हो । फिल्ममा यसअघि नै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-22, सोमवार

ऋषिराज आचार्यको निर्माण र निर्देशन रहेको कमेडी फिल्म ‘चुरीफुरी’ को सम्पूर्ण छायांकन सकिएको छ । गएको पुष अन्तिमबाट छायांकन थालिएको फिल्मको करीब ४३ दिनमा ‘इन्डक्ल्याप’ भएको हो । यो फिल्मबाट अभिनेता अनमोल केसीको डुब्लिकेटका रुपमा चर्चामा आएका अभिषेक श्रेष्ठले नायकको रुपमा डेब्यू गर्दैछन् । फिल्ममा उनको अपोजिटमा पूजा पन्त देखिँदैछिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-22, सोमवार

नेपाली फिल्मका अहिलेका हटकेक अभिनेता पल शाह सोमवार आफ्नो ३१औं जन्मदिन मनाउँदैछन् । २०४६ साल फागुन १० गते दाङमा जन्मिएका उनले म्यूजिक भिडियाबाट नेपाली फिल्ममा फड्को मारेका हुन् । निर्देशक विकासराज आचार्यले फिल्म ‘नाईं नभन्नू ल ४’ बाट उनलाई लिड हिरोको रुपमा ब्रेक दिएका थिए । उनको पहिलो फिल्म नै बक्सअफिसमा हिट भएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2021-02-21, आईतवार

आउँदो मे ६ देखि १० (बैशाख २३ देखि २७ गते) सम्म काठमाडौंमा हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का लागि ३१ देशका ६३ फिल्म छनोट भएका छन् । नेपाली फिचर फिल्मबाहेक महोत्सवमा ५२ देशका ४ सय ५० बढी फिल्मले सहभागीता जनाएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिएका छन् । 

एजेन्सी, मुम्बई, 2021-02-21, आईतवार
कोरोना भाइरस र लकडाउनका कारण भारतका सिनेमा हलले ११ महिना लामो बनवास झेल्नुपर्‍यो । जसका कारण निर्माण भइसकेका कयौं फिल्म प्रदर्शनमा आउन सकेनन् । भारत सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएपछि भने अहिले धमाधम फिल्मको प्रदर्शन मिति घोषणा भइरहेका छन् । यो तीन दिनमा मात्र ११ ठूला फिल्मको रिलिज डेट घोषणा भएको छ ।
Results : 7663 - 7668 of 24295