Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7651 - 7656 of 24026
फिल्मीखबर, काठमाण्डौ, 2020-12-14, सोमवार

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि करीब ७ महिना देशका हरेक क्षेत्र बन्द भए । निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दियो । अहिले फिल्म क्षेत्रबाहेक लगभग सबै क्षेत्र खुलिसकेका छन् । दशैंदेखि फिल्मको छायांकन पनि सुरु भएका छन् । तर, ९ महिनादेखि ताला लागेको सिनेमा हल अझै खुल्न सकेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-14, सोमवार

कोभिड १९ को संक्रमण रोकथामका लागि ९ महिनादेखि बन्द रहेको सिनेमा हल आउँदो पुष १० गतेबाट सञ्चालनमा आउने भएको छ । हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारले फिल्म क्षेत्रको अस्तित्व स्वीकार नगरेको भन्दै पुष १० गतेबाट एकपक्षिय रुपमा सिनेमा हल खोल्ने घोषणा गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-14, सोमवार

नेपाली फिल्मको पार्श्व गायनमा सबैभन्दा बढी खोजिने नाम हो, अञ्जु पन्त । आधुनिक, लोक दोहोरीसँगै उनले नेपाली फिल्मका हजारौं गीतमा आफ्नो जादुमय आवाज भरिसकेकी छन् । उनको स्वरबद्ध एकाध गीत मात्र औसत चलेका छन् । प्रायः गीत दर्शकको जिब्रोमा झुण्डिएका छन् । उनको गायन कलाको जति प्रशंसा हुन्छ, सुन्दरताको पनि उतिक्कै चर्चा हुने गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-12-13, आईतवार

अभिनेता सलमान खान अहिले महेश मान्जरेकरको फिल्म ‘अन्तिम’ को छायांकन गरिरहेका छन् । यसमा उनी सिख पुलिसको भूमिकामा देखिँदैछन् । यसबीच, उनले एक दिनको समय अभिनेता आमिर खानका लागि छुट्याएका छन् । उनले आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ का लागि एक दिनको समय छुट्याएका हुन् । फिल्ममा उनको केमियो भूमिका रहने बताइएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-12-13, आईतवार

भर्सटायल अभिनेताको रुपमा परिचित अर्पण थापा नयाँ फिल्म ‘चिसो मान्छे’ मा अनुबन्धित भएका छन् । आइतवार निर्मात्री शर्मिला पाण्डेले उनीसँग कागजी सम्झौता गरेकी हुन् । हुनत, यसअघि नै फिल्ममा अर्पणको अभिनय रहने खबर बाहिरिएको थियो । तर, यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको थिएन । फिल्मलाई निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गर्दैछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-12-13, आईतवार

जतिबेला अभिनेता विराज भट्टको नेपाली फिल्ममा रजगज थियो, त्यसबेला अभिनेत्री जेनिशा केसीलाई फिल्ममा भ्याइनभ्याइ थियो । डेब्यू फिल्म ‘गिरफ्तार’ मा नै उनको जोडीको रुपमा विराज थिए । यसपछि विराज अभिनीत प्रायः फिल्ममा जेनिशा छुटिनन् । एक समय विराजले आफूलाई अफर हुने हरेक फिल्ममा अभिनेत्रीमा जेनिशाको नाम सिफारिस गर्ने गरेको चर्चा चलेको थियो ।

Results : 7651 - 7656 of 24026
Most Visited News (monthly)