Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7273 - 7278 of 24027
फिल्मीखबर, काठमाडौं, 2021-03-26, शुक्रवार

फिल्म ‘लुट’ बाट नेपाली फिल्मको रुपरेखा नै बदलेका निश्चल बस्नेत सेलिब्रेटी निर्देशकको रुपमा चिनिन्छन् । पहिलो फिल्मबाटै वाहवाही बटुलेका उनले ‘लुट २’ मा भने बजारमुखी भएको आरोप खेप्नु पर्‍यो । उनी आफैं पनि यो फिल्मबाट आफ्नो घैंटोमा घाम लागेको बताउँछन् । यसपछि स्क्रिप्टले मन नछोएसम्म निर्देशन नगर्ने अठोटमा बसेका उनी चार वर्षपछि निर्देशनमा फर्किँदैछन् ।

फिल्मीखबर, काठमाडौं, 2021-03-26, शुक्रवार

गायक र म्यूजिक भिडियो निर्देशकको रुपमा स्थापित नाम हो- सरोज ओली । ‘माछीले खाने’ गीतले दर्शकमाझ गायकको रुपमा चिनिएका उनले दर्जनौं म्यूजिक भिडियोको निर्देशन पनि गरिसकेका छन् । नेपाली फिल्मका गीतलाई मत दिने गरी भिडियोको मेकिङ गर्ने गरेका उनी अब फिल्म निर्माणमा होमिने भएका छन् । उनले शुक्रवार फेसबुकमार्फत् यसको जानकारी दिएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2021-03-26, शुक्रवार

पहिलो पटक अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको जोडी बाँधिएको फिल्म ‘बिहे पास’ को छायांकन सुरु भएको छ । शुक्रवार विराटनगरको एक मन्दिरमा शुभमुहूर्त गरेपछि निर्देशक प्रवेश पौडेल ‘कास्ट एन्ड क्रियू’ लाई लिएर छायांकनमा निस्किएका हुन् । पूर्वका विभिन्न स्थानमा छायांकन हुने फिल्ममा दयाहाङ र प्रकृति श्रीमान-श्रीमतीको भूमिकामा देखिने छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-25, बिहिवार

पछिल्लो समय सेलिब्रेटीहरुको फेसबुक, ट्विटर, इन्स्टाग्राम, वाट्स एप आदि ‘ह्याक’ हुने क्रम बढिरहेको छ । यसैक्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता सरोज खनाल र गीतकार तथा रंग पत्रकार दयाराम पाण्डेको पनि फेसबुक एकाउन्ट ह्याक भएको छ । फेसबुक ह्याक गरेर ह्याकरले विभिन्न व्यक्तिसँग पैसा माग्न थालेपछि उनीहरु गुहार माग्दै प्रहरीसमक्ष पुगेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-25, बिहिवार

भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै बलिउड फिल्म इन्डस्ट्री फेरि एकपटक कोमा जानसक्ने खतरा देखिएको छ । संक्रमण बढ्न थालेपछि प्रदर्शनका लागि तयार फिल्महरु पोस्टपोन्ड हुन थालेका छन् । यसबीच, २३ अप्रिलमा रिलिजको तयारीमा रहेको सैफ अली खान र रानी मुखर्जी स्टारर फिल्म ‘बन्टी और बबली २’ को रिलिज अनिश्चितकालका लागि रोकिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2021-03-25, बिहिवार

नेपाल राष्ट्र बैंकले प्रिपेड कार्ड लिएर डलर भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएपछि अब अमेजन र नेटफ्लिक्स लगायतका डिजिटल प्लेटफर्मका लागि नेपालबाटै डलर भुक्तानी गर्न सकिने भएको छ । यसअघि डलर खाता भएकाले मात्रै विदेशमा डलर भुक्तानी गर्न सक्ने व्यवस्था थियो । अब नेपाली बैंकहरुमार्फत प्रिपेड कार्ड बनाएर डलर खर्च गर्न सकिनेछ ।

Results : 7273 - 7278 of 24027
Most Visited News (monthly)