Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7267 - 7272 of 24027
फिल्मीखबर, काठमाण्डौ, 2021-03-28, आईतवार

आज हिमाली तथा पहाडी क्षेत्रमा फागू पर्व मनाइँदैछ । मेलमिलाप र आपसी सद्‍भावको सन्देश लिएर आउने यो पर्वमा विभिन्‍न रङ र लोला खेली मनाउने परम्परा छ । तर, कोरोनाका कारण गत वर्ष झैँ यस वर्ष पनि होलीको रौनक छैन । संक्रमणको जोखिम बढ्दै गएकाले घरैमा बसेर होली मनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेपछि प्रायःले घरमै परिवारसँग होली मनाइरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-03-28, आईतवार

फिल्म ‘जेरी’ पछि धेरै निर्देशक तथा निर्माताको रोजाईमा परेकी अभिनेत्री आना शर्मा अहिले गुमनाम जस्तै छिन् । उनले फिल्ममा काम नगरेकै दुई वर्षभन्दा बढी भइसकेको छ । उनी पछिल्लो पटक फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ मा देखिएकी थिइन् । नेपालको पहिलो हलिउड फिल्म भनेर प्रचार गरिए पनि फिल्मले हलमा सिन्को भाँचेन । न त आनाको अभिनयकै प्रशंसा भयो ।

फिल्मीखबर, काठमाडौं, 2021-03-28, आईतवार

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ को सुटिङ प्याकअप भएको छ । फागुन १७ गते मुहूर्त गर्दै ललितपुरबाट सुरु भएको फिल्मको छायांकन शनिवार बझाङ पुगेर सकिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2021-03-27, शनिवार

झन्डै चार दशकदेखि राजनीतिमा सक्रिय नेता जोशी नेपाली फिल्मका निर्माता समेत हुन् । कांग्रेस नेता गणेशमान सिंहको जीवनीमा आधारित भएर सन् २००२ मा निर्माण भएको फिल्म ‘वीर गणेशमान’ लाई उनले निर्माण गरेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2021-03-27, शनिवार

अभिनेता धिरेन शाक्यले कोरोना महामारीको समयमा दर्शकहरुले घरमा बसेर विश्वका एकसेएक उत्कृष्ट फिल्महरु हेरेका कारण अब नेपाली फिल्मकर्मीले फिल्मको कथामा ध्यान दिनुपर्ने बताएका छन् ।

एजेन्सी, मुम्बई, 2021-03-26, शुक्रवार

अभिनेता शाहरुख खान यतिबेला नयाँ फिल्म ‘पठान’ का कारण चर्चामा छन् । उनले दुई वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् । अहिले दुबईमा फिल्मको छायांकन भइरहेको छ । केही दिनयता यो फिल्ममा शाहरुखले बुझेको पारिश्रमिकको खबरले बलिउड तातेको छ । यसमा उनले सय करोड पारिश्रमिक पाएको चर्चा छ । बलिउडमा सय करोड बुझ्ने कलाकार थोरै मात्र छन् ।

Results : 7267 - 7272 of 24027
Most Visited News (monthly)